३१ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले अहिलेकै हस्तलिखित राहदानीलाई थप चार महिनासम्म वैधता दिन अनुरोध गर्दै अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लाई पत्राचार गरेको छ । आइकाओले थपेको चार महिनाभित्र पनि एमआरपी जारी गर्न नसकिने भन्दै मन्त्रालयले थप समय माग्न लागेको हो । यसबाट सेवाग्राहीले एमआरपीका लागि अझै ६ महिना कुर्नुपर्ने भएको छ । आइकाओले दस वर्षअघि दिएको बाध्यकारी निर्देशनअनुसार गत १९ गते चैतदेखि नै एमआरपी जारी गर्नुपर्ने थियो । तर, एमआरपी जारी गर्न सम्भव नभएको भन्दै सरकारले आइकाओसँग चार महिना थप समय मागेको थियो । सो मिति १८ साउनमा सकिँदैछ ।
‘साउन १८मा एमआरपी जारी गर्न कुनै हालतमा नसकिने भयो, त्यसैले आइकाओलाई अनुरोध नगरी सुखै छैन,’ मन्त्रालयका शिष्टाचार महापाल मुक्तिप्रसाद भट्टले भन्नुभयो, ‘आइकाओलाई हालकै राहदानीलाई थप चार महिना वैधता दिन अनुरोध गर्दै पत्राचार गर्ने तयारीमा छौं ।’ उहाँले सकेसम्म छिटो एमआरपी जारी गरिने बताउनु भयो ।
मन्त्रालयले केही महिनाभित्रै एमआरपी जारी गर्नुपर्ने भएपछि हालको राहदानी नियमावलीलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । ‘कागजी राहदानी प्रचलनमा रहँदाको नियमावलीमा स्वाभाविक रुपमा एमआरपी हुने भएपछि नियमावली परिवर्तन हुन लागेको हो,’ शिष्टाचार महापाल भट्टले भन्नुभयो । नियमावली परिवर्तनका लागि मन्त्रिपरिषदबाट अनुमोदन गराउने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी आवदेन दिएको भोलीपल्टै राहदानी दिने व्यवस्था मिलाएको जनाएको छ । (नयाँ पत्रिकबाट)
Monday, June 14, 2010
अहिलेकै राहदानी ६ महिनासम्म
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment