मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, June 10, 2010

प्रचण्ड नै प्रधानमन्त्री बन्नु पर्ने माओवादी निर्णय

प्रधानमन्त्रीको विकल्प खुला गर्ने पार्टी निर्णयबारे माओवादी नेताहरुबीच मतभेद स्पष्ट देखिन्छ
एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै नयाँ बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा फेरि अगाडि सारेको छ।
माओवादीका पदाधिकारीहरुको बैठकले त्यस्तो निर्णय दोहर्‍याएको हो।

कांग्रेस र एमाले लगायतका दलहरुले प्रचण्डलाई भावी प्रधानमन्त्रीमा स्वीकार गर्न नसक्ने अडान प्रस्तुत गरिरहेका थिए।

निर्णय सुनाउँदै सचिव सीपी गजुरेलले भने, “विकल्पबारे छलफल गर्न नसकिने त होइन, तर हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएमा अध्यक्षलाई नै पठाउने निर्णय आधिकारिक हो।”

फरक धारणा

माओवादीकै उच्च नेताहरुले नै प्रधानमन्त्रीको विकल्प खुला गर्ने भन्ने आफ्नो पार्टीको निर्णयलाई फरक फरक रुपमा व्याख्या गरिरहेका छन्।

प्रधानमन्त्रीको विकल्प खुला गर्ने निर्णयलाई बाबुराम भट्टराई र उनी पक्षधरले प्रचण्डको विकल्प तर माओवादीभित्रैबाट खोज्ने अर्थ लगाइ रहेका छन्।

प्रचण्डले भने प्रधानमन्त्रीमा गैरमाओवादी पार्टीका नेताहरुबारे पनि छलफल खुला गरेको घोषणा गरेका थिए।

त्यसलाई कतिपयले आफू प्रधानमन्त्री नबन्ने स्थितिमा भटराईलाई पनि बन्न नदिने प्रचण्डको योजनाको रुपमा ब्याख्या गरेको पाइयो।

सचिव गजुरेलले भने त्यसको खण्डन गर्दै भने, “आफ्नो पार्टीले अवसर पाएको बेला अरुलाई दिने कुरा कुनै हालतमा हुन सक्दैन। त्यस्तो आशय अध्यक्षको पनि छैन।”

प्रतिपक्ष

एकथरीले नेता डा भट्टराई प्रधानमन्त्री हुने वातावरण बलियो बन्न लागेमा उनी विरोधी खेमाका नेताहरुका कारण माओवादी फेरि पनि प्रतिपक्षमा बस्ने अडकल गर्न थालेका छन्।

सचिव सीपी गजुरेलले पनि नयाँ राष्ट्रिय सरकार गठनको संभावना दिन दिनै कमजोर हुँदै गएको विश्लेषण सुनाए।

तर त्यसको आरोप एमाले-कांग्रेसमाथि थोपर्दै उनले भने, “उहाँहरुको गतिविधिका कारण सहमतिको सरकारको संभावना क्षीण हुँदै गएको छ।”

माओवादीले तमाम आन्तरिक झमेलाको हल खोज्न र भावी योजना तयार गर्न शुक्रबार स्थायी समिति र त्यसपछि पोलिटब्युरोको बैठक गर्ने निर्णय गरेको छ।

0 comments: