मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 9, 2010

सेना भर्नाबारे मन्त्रिपरिषदमै असन्तुष्टि

कान्तिपुर संवाददाता
काठमाडौं, जेष्ठ २७ - नेपाली सेनाले लिन लागेको भर्ना प्रक्रियालाई लिएर मन्त्रिपरिषद्को बैठकमै असन्तुष्टि उठेको छ । मन्त्रिपरिषद बैठकमा बुधबार आपूर्तिमन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ भर्नामा मधेसीका लागि विशेष व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

तत्कालीन सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६४ फागुन १६ मा भएको सम्झौतामा राज्यका सबै निकायमा मधेसी समुदायलाई समावेश गर्ने सहमति सैन्य भर्नामा लागू नभएको भन्दै उनले विरोध गरेका हुन् ।

'यो हामीले पहिल्यैदेखि माग गर्दै आएको विषय हो,' मन्त्री महतोले कान्तिपुरसँग भने, 'पहिले भएकै सेना बढी छ भन्ने गरिएको थियो । अहिले १० हजार दरबन्दी खाली भएका बेला पनि सेनामा मधेसीको सहभागिता सुनिश्चित गरिएको छैन ।' उनले विशेष नियमावली बनाएर सेनामा मधेसीे सहभागिता गराउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री माधवकुमार नेपालले त्यस विषयमा थप छलफल गर्ने आश्वासन दिएको उनले बताए ।

नियुक्ति

मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रको कार्यकारी प्रमुखमा रामचन्द्र सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि उनी केन्द्रका सहायक प्रमुख थिए । आर्थिक अनियमितताको आरोपमा केन्द्रका प्रमुख वीरेन्द्रकुमार दासलाई निलम्बन गरी सरकारले सिलवाललाई उक्त जिम्मेवारी दिएको हो । यसअघि पुस्तक छपाइमा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दासलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

सरकारले वैद्यखाना विकास समितिको अध्यक्षमा रामचन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बढुवा

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसएसपीद्वय टपेन्द्रध्वज हमाल र केशबहादुर शाही डिआईजीमा बढुवा गरेको छ ।

0 comments: