मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 9, 2010

डा.श्रेष्ठको अहरणमा उच्च राजनैतिक शक्ति संलग्न : युवा संघ

'अपहरणमा मा‌ओवादी संलग्नता' -
रमेशकुमार पौडेल, चितवन, जेठ २६ - एमाले निकटको युवा संघ नेपालले वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा उच्च स्तरको व्यवसायिक राजनैतिक शक्ति संलग्न रहेको निश्कर्ष निकालेको छ। संघले जेठ २१ गते छानविन समिति गठन गरेर यो प्रकरणको बारेमा अनुसन्धान गरेको थियो।
माओवादीको व्यवहारलाई संघले शंकाको घेरामा राख्दै अपहरणमा सो पार्टी संलग्न भएको आशंका व्यक्त गरेको छ।

डा.भक्तमान श्रेष्ठ जेठ चार गतेदेखि सम्पर्क बिहिन भएका थिए। उनको अपहरण नै भएको निश्कर्ष माओवादीले नेता अमिक शेरचनको नेतृत्वमा गठित छानविन समितिले जेठ २१ गते निकालेको थियो। त्यसको १२ घण्ठा नवित्दै डा.श्रेष्ठ जेठ २२ गते बिहान परिवार सहित घरमै आएका थिए। उने नेपाल हिन्दु जनता पार्टीले आफुलाई अपहरण गरेको बताए पनि युवा संघले यो कुरा विश्वसनीय नभएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

'डा.श्रेष्ठलाई माओवादीको नवलपरासी झ्यालटुङ डाँडामा रहेको क्याम्प, चितवनको बेथान स्मृति ब्रिगेड या मकवानपुरको कुलेखानी क्षेत्रमा राखेको हाम्रो आशंका छ,' प्रतिवेदन सार्वजनिक कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले बताए। प्रतिवेदनमा भने यो कुरा उल्लेख छैन। संघका सचिव राजिव पहारीको संयोजकत्वमा छानविन समिति गठन भएको थियो। केही कुरा काठमाडौं गएर बुझ्नु पर्ने भएकाले अहिले नै प्रीतवेदनमा किटान नगरेको संयोजक पहारीले बताए। अहिले निकालेको प्रतिवेदन प्रारम्भिक मात्रै भएको उनको भनाइ छ। यो महिना भित्रै पूर्ण प्रतिवेदन आउने उनले जनाए।

कार्यक्रममा संघका अध्यक्ष महेस बस्नेतले भने 'श्रेष्ठ रिहा हुनुभन्दा अघिल्लो दिन माओवादी नेता रामबहादुर थापा बादल बेथान स्मृति ब्रिगेडमा आएको सूचना हामीले पाएका छौं। त्यस दिन दिउँसो सूरक्षा निकायले वाकीट्वाकी मार्फत माओवादी क्याम्पबाट दुई भारतीय नम्बर प्लेट सहितका चारवटा गाडी निस्कदै छन्। ती मध्ये एउटामा भक्तमान भएको हुनु पर्छ सतर्क रहनु भन्ने सर्कुलर गरेको समेत सूचना हामीलाई प्राप्त भएको छ।'

डा.श्रेष्ठ माओवादी निकटका चिकित्सक हुन्। पार्टी निकटका व्यक्तिहरुलाई पनि कब्जामा लिनेर मार्नेसम्मका घटना विगतमा भएकाले अहिले पनि त्यस्तै भएको हुनसक्ने बस्नेतले बताए। 'आफ्नो संलग्नता भएको घटनामा मात्रै आन्तरिक आयोग गठन गर्ने माओवादी परम्परा रहेकोले श्रेष्ठ अपहरणपछि माओवादीले पनि आयोग बनाएकाले शंका गर्ने आधार प्रसस्त छ,' युवा संघले प्रतिवेदनमै यो कुरा उल्लेख गरेको छ। युवा संघका अध्यक्ष बस्नेतले भने ुमाओवादी क्याम्पको गतिविधि माथि आशंका बढेको छ । (nagariknews)

0 comments: