चाँदनी हमाल चितवन , जेठ ३० - नेपाली कांग्रेसका नेता रामशरण महतले प्रतिरक्षाका लागि पनि तरुण दस्ता चाहिएको बताएका छन्। माओवादीका गतिविधिलाई ईंकित गर्दै उनले भने, 'अहिले दस्ता अनिवार्य जस्तै भैसकेको छ।' काँग्रेसका सभापति शुशील कोइरालाले तरुण दस्ता काँग्रेसको नीति विपरित भनेकै वेला उनको यो भनाई आएको हो।
हिजो मात्रै नेता शेरवहादुर देउवाले तरुण दस्ता सार्वजनीक गर्ने तयारी गरेको भनेपनि अन्तिम चरणमा रोकिएको थियो।
पुर्व अर्थमन्त्री समेत रहेका नेता महतले तरुण दस्ता निर्माणका सवालमा पार्टिमा गम्भिर छलफल भैरहेको समेत जानकारी दिए। तर आफ्ना नेता शेरवहादुर देउवालाई औल्याउँदै उनले एकलौटी रुपमा पेलेर दस्ता सार्वजनीक गर्न नहुने तर्क गरे।
चितवनको भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले कसैको ज्यादती सहेर वस्न नसकिने बताए। उनी नेपाली काँग्रेस चितवनका र्काकर्ता तर्कवहादुर कुँवरको तेह्रौं दिनको तिथीमा श्रद्धाञ्जली दिन चितवन आएका हुन्।
फरक अर्को प्रसंगमा उनले अहिलेको राजनीतिक वाधक माओवादी भएको जिकिर गरे। उसैका कारण प्रधानमन्त्रीले राजिनामा नदिएको उनको भनाई छ। उनले भने, 'राजनीतिक गातिरोधको बाधक माओवादी नै हो , माओवादीले यति धेरै राजिनामा नमागेको भए अहिलेसम्म प्रधानमन्त्रीले राजिनामा दिईसक्नुहुन्थो। '
प्रधानमन्त्री माधव नेपालले राजिनामा नदिनु अरु नभई माओवादी नै मुख्यकारक उहेको उनको दावी छ।
माओवादीलाई संसदीय अभ्यासको ज्ञान नभएको पार्टीमा उनले परिभाषित गरे। उनले भने, 'संसदीय अभ्यासमा माओवादीले कखरा पनि जानेको छैन।'
नेता महतले क्यान्टोन्मेन्ट विघटनको माग समेत गरेका छन्। जवसम्म क्यान्टोनमेन्टमा माओवादीका कार्यकर्ता रहन्छन् तवसम्म देशमा शान्ति नआउने नेता महतले बताए। यदी राजनीति गर्ने हो भने खुला रुपमा आउनुपर्ने चुनौती समेत उनले दिए । (nagariknews)
Sunday, June 13, 2010
प्रतिरक्षाका लागि तरुण दस्ता आवश्यक : महत
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment