कान्तिपुर संवाददाता
काठमाडौं, जेष्ठ २५ - राजधानीका विभिन्न स्थानमा बम विस्फोटनमा संलग्न भएका संयुक्त जातीय मुक्ति मोर्चाका एक कार्यकर्तालाई प्रहरीले सार्वजानिक गरेको छ । गत जेठ १४ गते संविधानसभा भवनअघि, राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापाको बालुवाटारस्थित पार्टी कार्यालय र राष्ट्रिय जनमोर्चा नेपालको पार्टी कार्यालय नयाँ बानेश्वरलगायत देशभरका विभिन्न २३ स्थानमा बम विस्फोट गराउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले धनकुटाका देवराज लामालाई पक्राउ गरी सार्वजानिक गरेको हो ।
गत जेठ १९ गते बौद्धमा पार्टीका लागि हतियार खरिद गर्नुपर्ने भन्दै त्यहाँका लक्कु शेर्पा नामका व्यक्तिबाट दस हजार रुपैयाँ असुलिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनले राजधानी बाहिर र भित्र गरी २३ वटा स्थानमा बम राखेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी केदार ढकालले जानकारी दिए ।
राई स्कुलमा बम विस्फोट गराउने समातिए
राजधानीको जोरपाटी, नारायणटारस्थित राई स्कुलको रिसेप्सन कक्षमा बम विस्फोट गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल राष्ट्रिय कम्युनिस्ट पार्टी (राष्ट्रवादी)को नाममा धम्की दिई चन्दा उठाउने विकास परियारलाई प्र्रहरीले पक्राउ गरेको हो । २३ वर्षिय परियारलाई विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दायर गरेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी केदार ढकालले जानकारी दिए ।
Monday, June 7, 2010
तेईस ठाउँमा विस्फोट गराउने पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment