मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 13, 2010

साना दलले कठोर निर्णय लिने : राणा

अजित तिवारी, (नागरिक) विराटनगर, जेठ ३० - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले राजनीति गतिरोध अन्त्य गर्न तीन प्रमुख दल जिम्मेवार नबने साना दलले कठोर निर्णय लिने चेतावनी दिएका छन्। संविधान निर्माण भन्दा तीन प्रमुख दल सत्ताको चलखेलमा लागेकोमा राणाले आपत्ती जनाएका छन्।

‘जनादेशको खिल्ली उडाउँदै तीन प्रमुख दलले सत्तालिप्सामा लागेका छन्' - विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसित कुरागर्दै राप्रपा अध्यक्ष राणाले भने,‘राजनीति गतिरोध अन्त्य गर्न तीन प्रमुख दल गम्भीर नभए साना दल कठोर निर्णय लिन बाध्य हुनेछ।'

साना दलले गर्ने कठोर निर्णयको वारेमा राणाले केही खुलाउन नचाहेपनि त्यसको संकेतहरु देखिन थालेको बताए। शनिबार मात्रै साना दलमध्ये नेपाल मजदुर किसान पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। ‘चाँडै राजनीति गतिरोध अन्त्य नगरे साना दलको निर्णय प्रमुख तीन दललाई समस्यामा पार्न सक्छ' - नेता राणाले भने।

जनताले दिएको जनादेश अनुसार तोकिएकै समयमा संविधान नबनाएर ठुला तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले मुलुकमा भाडभैलो मच्चाएको राणाको आरोप छ। ‘संविधानसभाको समय एकवर्ष लम्ब्याएर जनादेशलाई दलहरुले जर्वजस्ती तन्काएको हो'-राणाले भने,‘संविधान निर्माण भन्दा सत्ताको खेलमा तीन दल लागेका छन्।'

राष्ट्रिय जनशक्ति पार्टीसित एकिकरण प्रकृयामा रहेको राप्रपाले आइतबार विराटनगरमा पूर्वाञ्चलस्तरी भेलाको आयोजना गरेको छ। भेलामा जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापा र राप्रपा अध्यक्ष राणाले बोल्ने कार्यक्रम छ।

0 comments: