काठमाडौं, जेष्ठ २४ - 'तपाईको कुरा सबै मानेको छ, यो कुरा मान्दैन' आफ्नै कार्यालयमा भेटन आइपुगेका लोपन्मुख राउटेलाई शिक्षा र बाँसस्थानको व्यवस्था गरिदिने प्रधानमन्त्री माधवकुमार नेपालको प्रस्तावमा मुखिया मानवहादुरले थपे- 'हामी जंगलमै बस्छ । जंगल फाँडेको छ । यो रोकाइदिन पर्यो ।'
अघिल्लो दिन सुर्खेतबाट नाईटबस चढेर विहान दश बजे राजधानी उत्रिएका १३ राउटेहरु प्रधानमन्त्रीलाई भेटन दिउसो पैने तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार आइपुगेका थिए । बातानुकुलित बैठक कक्षका चिल्ला कुर्चीमा अढेस लगाएर मुखियाले झन्डै आधा घण्टा प्रधानमन्त्री नेपालसँग आफ्नो दुःख सुनाए ।
प्रधानमन्त्री नेपालले सुरुमै 'मैले तपाईहरुलाई चार बर्षअघि भेटेको हो । त्यतिबेला मैले तपाईहरुलाई सर्ट र पाईन्ट किनिदिन्छु भनेको थिए, तपाईहरुले कम्मल भए हुन्छ भनेपछि कम्मल किनिदिएको हो नि' भन्दै स्मरण गराए । लगतै प्रधानमन्त्री नेपालले उठेर 'सरकारको तर्फबाट तपाईहरुलाई स्वागत छ' भनेर भन्दा राउटेहरुले 'ताली ताली' भन्दै ताली लगाएका थिए ।
प्रधानमन्त्रीसंग भलाकुसारीमा मुखिया मानवहाुदरले गरेका थिए । प्रधानमन्त्रीलाई धाप लगाउदै कुराकानीमा उत्रिएका उनले छोराछोरीलाई पढाउन स्कुल खोलिदिने र सवै राउटेहरुलाई एउटै बासस्थानका लागि घरहरु बनाईदिने प्रधानमन्त्रीको प्रस्ताव मानेनन् । 'त्यतिबेला -चारबर्ष अघि भेटदा) म प्रधानमन्त्री थिईन, तपाईहरुको समस्या के छ भन्नुहोस म प्रधानमन्त्रीलाई भनिदिन्छु भनेको थिए, अहिले मनै प्रधानमन्त्री छु । मेरो एउटा कुरा अव तपाईहरुले मान्नुपर्छ-'प्रधानमन्त्री नेपालले भने-'तपाईका छोराछोरी पढ्ने व्यवस्था सरकारले गरिदिन्छ । घर बनाईदिन्छ । सवै घरमा बस्ने अनि घुम्ने । उत्पादनहरु पनि सरकारले किनिदिन्छ ।'
'प्रधानमन्त्रीको कुरा मान्य छौ । तर, यो मान्देन' मुखियाले भने-हामी जंगलमै बस्छु । जंगल जोगाईदिन पर्यो ।' यस्तो जबाफ सुनेपछि प्रधानमन्त्रीले भने-'अव मैले सकिन त्रकारहरुले संझाईबुझाई गरिदिन पर्यो ।' उनीहरुलाई राजधानी सम्म ल्याउने व्यवस्था सुर्खेतस्थित बहुउद्देश्यीय शिक्षा तथा स्वास्थ्य सेवा नेपालले गरेको थियो । संस्थाका संयोजक सत्यदेवी अधिकारीका अनुसार राउटेहरु राजधानीमा तीन दिन सम्म बस्ने र यसबीचमा प्रधानमन्त्री, गृहमन्त्री र सूचना तथा संचारमन्त्री संग भेटने समय लिएका छन् । समय पाएमा राष्ट्रपतिलाई समेत भेटन राउटेहरुको धोको छ । उनीहरुले आइतबारनै गृहमन्त्री भिम रावललाई पनि भेटेका थिए ।
लोपन्मुख जातीमा पर्ने राउटेहरु दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, दाङ र अछाममा गरी करिव तीन सयको संख्यामा छन । सवै जिल्लाको प्रतिनिधित्वसहित आएका राउटेहरुले प्रधानमन्त्री संग आफूलाई दिने भनिएको मासिक हजार रुपैया भक्ता समेत समयमा नपाएको गुनासो गरे । 'प्रत्येक महिना पाउनु पर्ने हो, ६ महिना भो नपाको' मुखियाले भने । प्रधानमन्त्री नेपालले पनि आफ्नो सहयोगीहरु मार्फत तत्कालै सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई टोलीफोन गरेर नपाएको रकम दिन आग्रह गरे । साथै उनीहरुले रकम अपुग भएको पनि बताए । 'एक हजारले कपडा खरिद गर्ने कि, चामल किन्ने ? बोल्न सिपालु बनीसेकका मुखियाले आफ्नो समस्या राखे-'यतिले पुगेर प्रधानमन्त्री ज्यू, भक्ता बढाईदिन पर्यो ।'
राउटेहरुले आफ्नो जातीको संरक्षण र उत्थानका लागि लिखित माग पत्रपनि प्रस्तुत गरेका थिए । मुखियाले बसेर प्रधानमन्त्रीलाई बुझाएका थिए । प्रधानमन्त्रीले होइन, उठेर बुझाउनु पर्छ भने । मुखियाले उठेर क्यामरातर्फ अनुहार र्फकाउदै मुसुक्क हास्दै बुझाए । जसमा लोपन्मुख राउटेहरुको हितका लागि संविधानमा व्यवस्था हुनुपर्ने देखि खाद्य, औषधि समस्याको सम्वोधन हुनुपर्ने माग थियो । लगतै बसेको मन्त्रिपरिषदको बैठकले राउटेहरुको खाद्य संकट हटाउन दुई लाख रुपैया समेत विनियोजित गरेको थियो ।
प्रधानमन्त्रीले आफूले दैलेख महोत्सवमा जाँदा भेटेको स्मरण पनि गराए । 'तपाईलाई त हिडन परेन, हामी त धेरै हिडेर आको' मुखियाले भने । 'दैलेख, सुर्खेत र रुकुम, सल्यान धेरै ठाउँ म हिडेरै गको छु नि' प्रधानमन्त्रीले भन्दा मुखियाले थपे-'अनि पिलनमा चढ्ने मान्छे किन हिडेको त ?'
प्रधानमन्त्रीले उपस्थित राउटेहरुको विवाव भए/नभएको पनि चासो राखेका थिए । त्यसबारे उनीहरुले केही बताएनन । अनि मुखियातर्फ र्फखदै भने-तपाई ५० बर्ष पुग्नु भो होइन, ? 'ठा्क्कै पार्यो' प्रधानमन्त्रीलाई धाप मार्दै मुखियाले भने । 'तपाई र म त बरारबरीका रहेछौ' प्रधानमन्त्रीले जबाव फर्कापछि राउटेपनि केही छिन हासे । करिव आधा घण्टाको भलाकुसरीमा उनीहरुले प्रधानमन्त्रीलाई ल्याएको कोशी -समान राख्ने भाडो) र आरी उपहार दिए । प्रधानमन्त्रीले अव विदा है त के भनेका थिए । मुखियाले मुख्य माग उठाई हाले । हामीलाई दुईटा खशी दिन पर्यो ।' प्रधानमन्त्रीले ल खसीको माग पुरा भयो के भनेका थिए, राउटेहरु खुशीले ताली बजाउन थाले । साथै उनीहरुले प्रधानमन्त्री संग अव रक्सी नखाने घोषणा पनि गरे । 'प्रधानमन्त्री ज्यू, हामले रक्सी खान छाड्यो' मुखियाले भनेपछि बैठक एकछिन तालीले गुञ्जियो । प्रधानमन्त्रीले तत्कालै राउटेहरुलाई खशी किन्नका लागि उपलव्ध गराएको २० हजार रुपैया प्लालिष्टकले पोकेर पारेर मुखियाले थैलीमा हाल्दै भने-'बल्ल हाम्रो माग पुरा भयो । खुशी भयो ।' (ekantipur)
Sunday, June 6, 2010
प्रधानमन्त्रीसँग राउटेहरुले दुःख विसाए
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment