मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 18, 2010

तरुणदस्ताले पार्टीलाई समस्या : काङ्ग्रेस युवा नेता

४ असार, बुटवल । नेपाली काङ्ग्रेसका युवा नेताहरुले तरुणदस्ताले पार्टीलाई समस्यामा पार्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार विहान बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा युवा नेताहरु एनपी साउद, चन्द्र भण्डारी र शंकर भण्डारीले तरुणदस्ता पार्टी नियन्त्रणभन्दा बाहिर गएर शान्तिप्रक्रियालाई असर पुर्‍याउनेमा चिन्ता व्यक्त गरेका हुन् । तरुणदस्ता पूर्णरुपमा पार्टीको नियन्त्रणमा हुनेमा उनीहरुको आशंका थियो ।

उनीहरुले नेपाली काङ्ग्रेसलाई बैचारिक र भौतिक रुपमा बलियो बनाउन तरुणदस्ता आवश्यक रहेपनि नियन्त्रणमा समस्या आउनेतर्फ पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए । (onlinekhabar)

0 comments: