मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 14, 2010

दाहालद्वारा धैर्यको बाँध टुट्ने चेतावनी

काठमाडौं, (नागरिक) जेठ ३१- माओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्यबाट जनतामाथि हिंसा थोपर्ने क्रम जारी राखिए जनताको धैर्यको बाँध टुट्न सक्ने चेतावनी दिएका छन्। उनले भने– राज्यद्वारा आफ्नो पार्टीविरुद्ध पुनः हिंसा सुरु गरिएको छ, शान्ति–प्रक्रियामा आएपछि हाम्रा सयौं कार्याकर्ताको हत्या भइसकेको छ, यसरी नै अराजकता, हत्या–हिंसा थोपरिए जनताले सहने छैनन्।

राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित 'बेपत्ता नागरिक सार्वजनिकरणको प्रश्न' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले वि.सं. २०४६ पछि यसरी नै हिंसा लादिएकाले आफ्नो पार्टी २०५२ फागुन १ गतेदेखि जनयुद्ध गर्न बाध्य भएको स्मरण गराए । र, भने- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतामाथि आक्रमण भइरहे एमाओवादी फेरि पनि यसको प्रतिकार गर्न बाध्य हुनेछ।

अहिले खासगरी जनयुद्ध र जनआन्दोलनले ल्याएको परिवर्तन स्वीकार्ने र नस्वीकार्ने पक्षबीच लडाईं भइरहेको धारणा राख्दै उनले परिवर्तन रोक्न र अग्रगमनमा नजानका लागि नै देशव्यापी हिंसा बढाइएको शङ्का पनि व्यक्त गरे।

0 comments: