२४ जेठ, धादिङ । संयुक्त जातीय मुक्तिमोर्चा नेपाल नामक भूमिगत समूहले धादिङको भूमेस्थान गाविस-४ आग्राखोलामा सन्चालित कालिका कन्स्ट्रक्सनका तीन वटा ट्रिपरमा सोमबार विहान आगजनी गरेको छ । ना ३ ख ३२३८, ना ३ ख ८३९७ र ना ४ ख २६२५ नम्बरका ट्रिपरमा आगजनी भएको हो ।
मोर्चाको धादिङ जिल्ला इन्चार्ज बताउने पि्रतमले सन्चारकर्मीलाई टेलिफोन गरी क्रसर उद्योग बन्द गराउने स्थानीयबासीको मागलाई बेवास्ता गरेकोले चेतावनीस्वरुप आगजनी गरेको बताएका छन् ।
गाविस कार्यालयमा आगजनी
यसैगरी झापाको सतासीधाम गाविस कार्यालयमा अज्ञात समूहले सोमबार बिहान आगजनी गरेको छ । बिहान साढे दुई बजेतिर सतासीधाम-९ मा स्थित गाविस कार्यालय भबनमा आगजनी भएको हो ।
आगजनीले भवनका दुईवटा कोठा र महत्वपूर्ण कागजतपत्र जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । स्थानियबासी, प्रहरी र दमकलको सहायतामा आगो बिहान साढे ४ बजे निभाईएको थियो ।
घटनास्थलमा ‘लिम्बुवान स्टेट फोर्स’ लेखिएको हस्ताक्षरविनाको एउटा पर्चा भेटिएको छ । सो पर्चामा लिम्बुवान राज्य सुनिश्चितताको माग गरिएको प्रहरीले जनाएको छ ।
प्लाईउड फ्याक्ट्रीमा आगलागी
यसैबीच नेपालगन्ज नगरपालिका-१ धम्बोझी बेलासपुरमा रहेको प्लाईउड फ्याक्ट्रीमा सोमबार बिहान आगलागी भएको छ । प्रमोद जलानको प्लाईउड फ्याक्ट्रीमा आगलागि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेसिन तातिएर भुसमा सल्किदा बिद्युत सर्ट भई विहान दुई बजे आगलागि भएको प्रहरीले जनाएको छ । आगो दमकलको सहायतामा प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीमा करिब एक ट्रक काठ जलेको छ । (onlinekhabar)
Monday, June 7, 2010
तीन वटा ट्रिपरमा आगजनी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment