कान्तिपुर संवाददाता, काठमाडौ, जेष्ठ २९ - राजधानीमा बम बनाउने फ्याक्ट्री फेला परेको छ । प्रहरीले शुक्रबार राति दस बजे काठमाडौंको बसुन्धारास्थित इशान नर्सिङ होमछेउमा फ्याक्ट्री फेला पारेको हो ।
त्यहाँबाट महानगरीय प्रहरी परिसर काठमाडौंले रकेट लन्चर, सकेट बम ठूलो मात्रामा बरामद गरेको जनाएको छ । गत मंगलबार बिहान नर्सिङ होमअगाडि कारमा बम राखेर विस्फोट गराउनेमध्येका मुख्य योजनाकार विष्णु शाहलाई पक्रेपछि उनैको सूचनाका आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो । नेपाल प्रहरीको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पार्ने तयारी गरिरहेको एसपी रमेश खरेलले बताए । उक्त बम राख्नाको उद्देश्य र शाहसँग संलग्नहरूको खोजी भइरहेको उनले बताए । (ekantipur)
Saturday, June 12, 2010
राजधानीमै बम बनाउने फ्याक्ट्री
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment