मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 16, 2010

माओवादीद्वारा फेरि प्रतिपक्षमा बस्ने संकेत

अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे पोलिटब्युरो बैठकमा छलफल हुँदैछ l
राष्ट्रिय सहमतिको सरकारको पक्षमा पहल गर्दै आएका सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले फेरि पनि प्रतिपक्षमै बस्ने संकेत दिएको छ।


पोलिटब्युरो बैठकमा आफ्नो नेतृत्वमा सरकार बन्न नदिने करीब करीब निश्चित भएको निष्कर्षबारे छलफल शुरु गरेर माओवादीले त्यस्तो संकेत दिएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा त्यही निष्कर्षलाई एजेण्डाको रुपमा पेश गरेको माओवादी नेताहरुले जनाएका छन्।

गत जेठ १४ गते मध्यरात तीन ठूला पार्टीबीचको तीन बुँदे सहमतिपछि आफ्नो नेतृत्वमा सरकार बन्नेमा माओवादी निकै हौँसिएको देखिन्थ्यो।

तर माओवादी पोलिटब्युरो बैठकमा पेश गरेको मौखिक एजेण्डामा अध्यक्ष प्रचण्डले त्यो आशा करीब करीब मारेजस्तो छ।

सचिव सीपी गजुरेलले भने, “जुन सुकै अमुक नेतालाई अगाडि सारे पनि माओवादीलाई सरकारको नेतृत्व गर्न दिँदैनन्, त्यसैले प्रतिपक्षमा बस्ने सम्भावना निश्चित जस्तै छ भन्ने हाम्रो धारणा हो। अध्यक्षको निष्कर्ष पनि त्यही हो।”

प्रचण्ड नीति

उपाध्यक्ष डा.बाबुराम भट्टराईलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिन पार्टी भित्रकै एउटा खेमाले माओवादीलाई प्रतिपक्षी बेन्चमा धकेल्ने नीति लिएको विश्लेषण पनि सुनिन्छ।

उक्त खेमाको सहयोग पाएका प्रचण्डले प्रतिपक्षमा जाने सम्भावना देखाएर आफ्नो विकल्प खोजी गर्नेहरुको मुखमा बुजो लगाउन खोजेको एकथरीले टिप्पणी गरेका छन्।

नेता टोपबहादुर रायमाझीले भने, “सरकार बन्ने ठेगान छैन, त्यसैले के विकल्पको कुरा गर्नु भन्ने खालको अध्यक्षको धारणा छ।”

नेता भट्टराईलाई प्रधानमन्त्री बनाउन माओवादी तयार भए कांग्रेस एमाले सहित दक्षिणी छिमेकी भारतले पनि समर्थन गर्ने भन्ने विषयमा माओवादीभित्र चर्को बहस छ।

सुधारवादी

त्यसो भएमा पार्टी पुरै सुधानवादी धारमा जाने भट्टराई विरोधी पक्षको बुझाइ रहेको बताइन्छ।

त्यही धारका एकजना नेता मानिने सचिव गजुरेल माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भारत लागि परेको कुरा बताउन रत्तिभर हिचकिचाएनन्।

माओवादी प्रतिपक्षमा बस्ने निर्णयमा पुगेमा संसदको आसन्न बजेट अधिवेशन प्रभावित हुने अनुमान गरिएको छ।

तर पोलिटब्युरो बैठकले सरकारका साथै संघर्षको स्वरुपबारे निर्णय गर्न बाँकी नै छ। (BBC)

0 comments: