२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले दुई कार्यकाल भन्दाबढी सभापति बन्न नपाउने व्यवस्थालाई अनुमोदन गरेको छ ।
मंगलबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा दुई कार्यकाल भन्दा बढी सभापति बन्न नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिने निर्णय भएको केन्द्रीय सदस्य उमा अधिकारीले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा महाधिवेशनका लागि गठन गरिएको केन्द्रीय निर्बाचन समितिले तयार पारेको निर्बाचन निर्देशिकामाथि छलफल भएको नेतृ अधिकारीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
निर्वाचन निर्देशिकामाथिको छलफल नसकिएकाले भोलि दिउँसो २ बजे पुनः बैठक बस्नेछ । निर्देशिकामा अल्पसंख्यक र पिछडिएको वर्गलाई कसरी समावेश गर्ने भन्नेबारे टुंगो लगाउन बाँकी रहेको अधिकारीले बताउनुभयो ।
निर्देशिकामा जिल्ला, नगर तथा गाउँ अधिवेशनका लागि निर्बाचन अधिकृत केन्द्रीय निर्बाचन समितिले तोक्ने तथा ती निर्बाचन अधिकृतलाई प्रशिक्षण दिने विषय समेटिएको छ । साथै स्थानीय अधिवेशन धाँधलीमुक्त बनाउने विषय पनि निर्देशिकामा समेटिएको छ ।
निर्देशिका पारित भए गाउँ, नगर र जिल्ला अधिवेशनको प्रक्रिया अघि बढ्नेछ । निर्देशिकाअनुसार आउँदो असार ६ देखि १५ गतेसम्म गाउँ, नगर र जिल्ला अधिबेशन सम्पन्न गरिसक्नुपर्ने छ । काङ्ग्रेसको महाधिबेशन भदौ ७ गते राजधानीमा हुँदैछ ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले शान्ति र संविधान निर्माणको जिम्मेवारी अब आफ्नो पार्टीले लिनुपर्ने सुझाव दिएका छन् । माओवादी र एमालेले शान्ति र संविधान निर्माण गर्ने अवसर पाएपनि पूरा गर्न नसकेकाले अबको राष्ट्रिय संयुक्त सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने दवाव नेतृत्वलाई दिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । (onlinekhabar)
Wednesday, June 9, 2010
कांग्रेसमा सभापति दुई कार्यकाल मात्र
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment