ध्रुव दंगाल, सिन्धुपाल्चोक, (नागरिक) जेठ २४ - सरकारले संयुक्त सरकार गठन गर्न लडाकु संख्या लगायत राजनीतिक मुद्दाको खाका तयार गरेर ल्याउन भनिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सेनाको संख्या तोक्न नसकिने अडान दोहोर्याएका छन्। उनले सेनामा समायोजन हुने लडाकुको संख्या उनीहरुको इच्छामा भर पर्ने बताए।
आराम खोज्दै सपरिवार पर्यटकीयस्थल हेलम्बु आएका दाहालले फर्कने क्रममा सोमबार पार्टी स्थानीय नेता, कार्यकर्तासँग मेलम्चीमा भेट गर्दै भने, 'सेना समायोजनमा हाम्रा लडाकुको संख्या तोक्न सक्दैनौं। लडाकुलाई नै भटेर उनीहरुको इच्छा अनुसार समायोजन गरिनु पर्छ।' उनले सेनामा जान चाहने सबै लडाकुलाई समायोजन गरिनुपर्ने बताए।
मेलम्ची बजारस्थित मेलम्ची खानेपानी आयोजनाको साइट कार्यालयमा भएको भेटघाटमा अध्यक्ष दाहालले पार्टी सफल भइरहेकाले आत्तिनु पर्ने अवस्था नरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए। आन्तरिक भेट भन्दै सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लगाइएको थियो।
यसअघि स्थानीय संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै उनले जारी राजनीतिक गतिरोध हटाउन तत्काल निष्कर्ष ननिस्के पार्टीले निर्णायक आन्दोलन गर्ने चेतावनी दिए। 'यदि निकास निस्केन भने निर्णायक आन्दोलन हुन्छ', उनले भने। तर कस्तो आन्दोनल हुने चाहिं उनले खुलाएनन्।
आरामका लागि केही दिन बस्ने गरी आएपनि सरकारबाट सकारात्मक खबर आएकाले आफू राजधानी फर्केको उनले जानकारी दिए। दाहालले बर्तमान सरकार धेरै दिन नटिक्ने दाबी समेत गरे। 'यो सरकार धेरै दिन यही रुपमा अघि जाँदैन', उनले भने, 'कि हाम्रो आन्दोलन दबाउन खोज्छ कि सहमतीमा आउँछ।'
सरकारी संयन्त्र कमजोर भएकाले मेलम्ची खानेपानी आयोजनाले गति लिन नसकेको उनले आरोप लगाए। आफू नेतृत्वको सरकारकालमा आयोजनाले लिएको गति वर्तमान सरकारको कमजोरीले पुनः रोकिएको उनले बताए। सरकारबाट हटेपछि जनताबीच माओवादीको प्रभाव बढेको उनको दाबी थियो। 'इतिहासमा पहिलो पटक नेपालीको गौरबको लागि कुर्सी छाडेका थियौं। तर अहिले यो उल्टो भएको छ' माओवादीले प्रधानमन्त्रीको राजिनामा मागे पनि नदिएको तर्फ लक्षित गर्दै उनले भने। राजनितिक गफ अब धेरै भएको भन्दै उनी थप बोल्न चाहेनन्।
पर्यटकीयस्थल हेलम्बुमा सपरिवार एक रात विताएर माओवादी अध्यक्ष दाहाल सोमबार राजधानी फर्केका हुन्। काठमाडौंबाट ८३ किलोमिटर दुरीमा पर्ने हेलम्बु नजिकैको पाल्चोक गाविसको ककनी गाउ"स्थित सामान्य रिसोर्टमा उनले रात विताएका थिए।
पार्टी पदाधिकारी बैठक सकेर आइतबार २ बजे दाहाल सुटुक्क हेलम्बुतर्फ हिडेंका थिए। दाहालका साथमा श्रीमती सीता, छोरा प्रकाश, कान्छी छोरी, भतिज समिर, प्रेस सहयोगी शिव खकुरेल, पार्टी पोलिटब्यूरो सदस्य अग्नी सापकोटा र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा थिए। केन्द्रीय सदस्य सापकोटा मेलम्चीबाट दाहालको टोलीमा मिसिएका थिए। उनको हेलम्बु भ्रमण निजी र आरामका लागि भएको जानकारी माओवादी जिल्ला नेतृत्वले दिएको थियो।
मेलम्ची, तिम्बु हुँदै पर्यटकीय गाउँ सेर्माथान घुमेर बास बस्न प्रचण्ड टोली राति पौने ९ बजे पाल्चोक गाविसको ककनी गाउ"स्थित नोर्बु लामाको एभरेष्ट होटल र नोर्साङ लामाको ककनी छोलिङ गेष्ट हाउसमा पुगेको थियो। त्यहा" जिल्लास्तरीय नेता तथा कार्यकर्तास"ग समसामयीक राजनीतिबारे सामान्य कुराकानी मात्र भएको जिल्ला नेतृत्वले बतायो।
मुलुकको राजनीतिक अवस्था पेचिलो बनेका बेला अध्यक्ष दाहाल एकान्तमा बस्न रुचाउँछन्।
पछिल्लो राजनीतिक तनाव मेट्न उनले चिसो स्थल हेलम्बुलाई रोजेको थिए। उनी एकान्त खोज्दै आराम गर्न विभिन्न ठाउँ पुग्दै आएका छन्। दाहाल परिवार चढेको बा ६ च १०२९ नम्बरको गाडी छोरा प्रकाशले चलाएका थिए। अरु ६ गाडी कार्यकर्ताले भरिएका थिए। भ्रमणमा दाहाल, परिवार र नेता कार्यकर्तासहित करिव २५ सदस्यीय टोली थियो। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल नेतृत्वको १५ जना सुरक्षाकर्मीले दाहालको सुरक्षा दिएको थियो। विहान साढे ८ बजे मेलम्ची फर्केको दाहाल टोलीले आयोजनाको साइट कार्यालयमा विहानी नास्ता गरेको थियो। त्यही नेता, कार्याकर्तास"ग भेटर दाहाल पौने १० वजे राजधानीतर्फ अघि बढेका थिए।
Monday, June 7, 2010
'लडाकु संख्या तोक्न सक्दैनौं'- दाहाल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment