मकर श्रेष्ठ, भक्तपुर, जेष्ठ २९ - नेपाल मजदुर किसान पार्टीले सरकालाई दिएको समर्थन शनिबारदेखि फिर्ता लिएको छ ।
माओबादी नेतृत्वको सरकारले राजिनामा दिएपछि माधवकुमार नेपाल नेतृत्वको सरकार गठनको बेला १८ बुदे सर्तको आधारमा सहमती जनाएको थियो ।
नेमकिपाले समर्थनको बेला कुनै राजनीतिक माग राखेका थिएन् । उसले खानेपानीको वयवस्था, लोडसेडिङको अन्त्य, फोहरमैला व्यवस्थापन, शान्ति सुरक्षाको प्रत्याभूति, भष्टचार र महंगी नियन्त्रण, स्थानीय निकायको निर्वाचन, क्रान्तिकारी भूमिसुधार, भागबन्डाको अन्त्य, शिक्षा र स्वास्थ्य निःशुल्क, नियुक्तिहरुमा पष्पातको अन्त्य लगायतको माग राखेका थिए । 'एमाले नेतृत्वको सरकार गठन भएको एक बर्ष बितिसक्दा पनि प्रतिबद्धता सरकारले पुरा गर्न सकेन,' प्रजापतिले भने-'त्यही भएर आजको बैठकले सहमती फिर्ता लिएका हौ ।'वर्तमान सरकारको पालामा खानेपानीकमो हाहाकार, लोडसेडिङ यथावत, फोहर व्यवस्थापन हुन नसक्नु, शान्ति सुरक्षाको अभाव लगायतको समस्या उस्तै भएको पार्टीले निष्कर्ष निकालेको छ ।
पार्टीको प्रत्यक्ष निर्वाचनबाट विजयी दुई र समानुपातिक निर्वाचनबाट ३ गरी जम्मा ५ साँसद रहेका छन् । पार्टीले सरकारको समर्थन गरेको भएपनि सरकारमा भने सहभागी थिएन । (ekantipur)


0 comments:
Post a Comment