काठमाडौं, जेठ २४ (नागरिक)- हिन्दू प्रजातान्त्रिक पार्टीले डा. भक्तमान श्रेष्ठको अपहरण इसाइको निर्देशनमा माओवादीले गरेको आरोप लगाएको छ। पार्टीले हिन्दू समुदायलाई बदनाम गराउन इसाइ मिसनहरुको निर्देशनमा युरोपियन युनियनसमेतको संलग्नतामा यो घटना गराइएको दाबी गरेको छ।
पार्टीका अध्यक्ष विष्णुकुमार प्रसाईद्वारा जारी विज्ञप्तिमा इसाइ मिसनअनुसार माओवादीले हिन्दूहरुलाई बदनाम गराइरहेको आरोप पनि लगाइएको छ। 'उनलाई यसो नगरे ज्यान मार्ने धम्की दिएको हुन सक्छ', विज्ञप्तिमा भनिएको छ- '४-५ हजार सेना अपहरित स्थानमा थिए भन्ने भनाइ भ्रामक र नियोजित हो। यदि त्यस्तो हो भने डाक्टर श्रेष्ठ माओवादी लडाकु शिविरमा थिए।'
डा. श्रेष्ठ माओवादी निकटस्थ व्यक्ति भएको भन्दै उक्त पार्टीले हिन्दू पार्टीको नाम दिइ अपहरणको आरोप लगाउने माओवादीप्रति भर्त्सना पनि गरेको छ।
Monday, June 7, 2010
'डा. भक्तमानको अपहरण इसाइ मिसनको सहयोगमा माओवादीद्वारा'
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment