काठमाडौं, असार ६ (नागरिक)- कांग्रेस क्रियाशील सदस्य प्रवीण स्याङ्तानलाई माओवादी कार्यकर्ताले आक्रमण गरी गम्भीर घाइते बनाएका छन्।
शुक्रबार साँझ लगनखेलबाट ललितपुर मनिखेल घर फर्कंदै गर्दा उनीमाथि रातमाटेनजिक जंगलमा आक्रमण भएको थियो। माओवादी कार्यकर्ताले उनी चढेको मिनीटाटा रोकी खुकुरी र फलामका रडले आक्रमण गरेको उनले बताए।
स्याङ्तानलाई जावलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट छ। प्रवीणको टाउकोमा २४ टाँका लगाइएको छ।
'मिनीटाटामा घर फर्किरहेको थिएँ, मनिखेलनजिकै जंगलमा चार/पाँचजना स्थानीय माओवादी कार्यकर्ताले गाडी रोकेर एक्कासि आक्रमण गरे', प्रवीणले नागरिकसँग भने, 'कुटपिटपछि भीरमा फालेर गएछन्, एक घन्टापछि मात्र होस आयो, रगाताम्मे भएर आफन्तकहाँ पुगेँ।'
टेकबहादुर नेगी, सानु गोले, सार्की गोलेलगायत वाइसिएलका स्थानीय दर्जन कार्यकर्ताले आक्रमण गरेको उनका दाजु श्यामले बताए।
'साँझ ५ बजेतिर आक्रमण गरेका रहेछन्, राति आठ बजे मात्रै थाहा पायौं, उनले भने, 'मर्यो भनेर भीरमा फालेर भागेछन्।'
प्रवीणलाई भेट्न कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला शनिबार बिहान अल्का अस्पताल पुगेका थिए। कोइरालाले आक्रमणको भर्त्सना गरे।
Sunday, June 20, 2010
वाइसिएलद्वारा कांग्रेस कार्यकर्ता कुटिए
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment