मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, June 10, 2010

भर्खरको गाईलाई बूढो गोरुले हुँदैन

खिेमराज गौतम, काठमाडौ, जेष्ठ २० - हाम्रो देशको राजनीतिले अस्तित्व स्थापित गर्न खोजेको निकै वर्ष भइसक्यो । तर अहिलेसम्म सही किसिमको राजनेता पाउन सकेको छैन । राजनीति बुझ्नेलाई राजनेता भनिन्छ ।
खोई त्यस्तो राजनेता ? जो नेपालको अस्तित्व स्थापना गर्न विकासको लहरमा लागिपरोस्, अनि राजनीतिको असली बीजारोपण गर्दै अघि बढोस् ।
जनताको नजरमा 'गोरु खोजेको गाईलाई भएजति बूढा गोरु धुरिएर त्यो गाईलाई छेकेजस्तो' भएका छन् । प्रकृतिको नियममा त यस्तो अनर्थ देखिन्छ । लोभ गर्ने तर काम गर्न नसक्ने त्यो बेलाको गाईलाई राम्रो बहर गोरुको पो आवश्यकता पर्ने हो । तर के गर्नु ? बूढा गोरुले ओगटेपछि ।
बिचरा, त्यस्तो गाईलाई आफू गर्भिणी हुन कति रहर लागेको हुँदो हो ? अब त्यसको विपरीत भइदिएपछि के लाग्छ ?
तर प्रकृतिको नियम थाम्न पशुले त बाँकी राख्दैन । किनभने त्यो बेला जतिसुकै बूढा गोरु घुरिएका भए पनि महसुरीका साथ बहर गोरु कुँदेर गएर त्यो गाईलाई गर्भिणी बनाई छाड्छ । यसरी
पशुले त जतिसुकै बाधा भए पनि आफ्नो कर्तव्य निभाइछाड्छ भने हामी त मान्छे हौं ।
तसर्थ युवाशक्ति, बूढाले सधैं सत्ता ओगटेर बसेको कहिलेसम्म हेरेर बस्ने हो ? यी बूढाले त नेपाललाई ओगटेर बाँझो बनाइदिने भए । संविधान बनाउन नसक्नेले अरू के गर्न सक्लान् ? न आफू गर्छन् न अरूलाई गर्न दिन्छन् । कुर्सीका यी लुब्धा बूढा जुकालाई अब कुर्सीमा टाँसिनबाट छुटाउन जेजे गर्दा सकिन्छ, त्यसैत्यसै गरेर छुटाउँदै सत्ताको कुर्सी समाउन अब युवा शक्ति अगाडि बढ्ने बेला आएको छ । यी बूढाले देश डुबाइदिने भए ।
यसरी देश डुब्न लागेको बेला युवाशक्तिले समाउनैपर्छ ।
अनिमात्र देशको अस्तित्व स्थापित हुँदै जाने देखिन्छ । नेपालको शक्तिशाली युवा समुदाय यहाँ नभएको होइन । काम नपाएर विदेशतिर पलायन भएको छ । सानैदेखि ठूलाले हेपेर मिचेपछि ती हेपिने मानव बिरुवाको मन मर्किएर अँधेरमुख भएको भयै छ । तसर्थ यी हेपाहासँग तन्नेरी हुँदासम्म पनि हेपिएर निहुरिएको निहुरियै हुनुपर्दा देशमा यो विकृति आएको हो ।
अब मान राखिरहने आवश्यकता छैन । नियमले जुधेर जितेपछि काम नलाग्ने मान्छे आफैं छेउ लाग्छ । यस्तो बहादुरी देखाउन सक्ने युवाशक्ति यहीँ छ । शक्ति आफूमा छिपेर बसेको आफैंले देखिँदैन । जस्तो कि पत्थरभित्र आगो हुन्छ, तर त्यो पत्थरलाई थाहा हुँदैन । त्यसलाई अर्काे शक्तिले ठक्कर दियो भने संसार ध्वस्त गर्ने शक्ति -आगो) को झिल्का निस्किन थाल्छ । तसर्थ नेपाली युवा वर्गले यो कुरा बुझेर देश हाँक्ने
शक्ति निकाल्नुपर्‍यो ।
यी बूढा मान्छेका फाँ-फाँ फूँ-फूँले गर्दा उनीहरूको मान राख्ताराख्तै देशमा यो गति भयो । यसरी मान राख्तै जाने हो भने युवाको पालोचाहिँ कहिले आउला त ? फेरि बूढै भएपछि ?
यस्ता पाराले देश उँभो लाग्दैन । नेपाली युवाशक्ति विदेश पुगेको छ भने पनि अब नेपाल आए हुन्छ । नेपालले अब सच्चा युवा अभिभावक खोजेको छ । अब यो २०६७ साल जेठ १४ पछि त झन् नेपालको राजनीति बटारिएर उप|mने छ । अनि त्यसैबेला यी पुराना बूढालाई युवा शक्तिले उछिनेर नेपालको सत्ता हात पार्नु अनिवार्य देखिन्छ । (kantipur, Quatar)

0 comments: