मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 6, 2010

नेम्वाङद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२३ जेठ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइले देश अनिर्णयको बन्दी हुने भन्दै प्रधानमन्त्री माधबकुमार नेपालको ध्यानाकर्षण गराउनु भएको छ । आइतबार विहान प्रधानमन्त्रीको निबास बालुवाटार पुगेर नेम्वाङले सरकार प्रमुखको हैसियतले जेठ १४ गते मुख्य तीन दलबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको पहल गर्न आग्रह गर्नुभएको छ ।

भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले तीन बुँदे सहमति कार्यान्वयनमा भएको ढिलाइले जनतामा निराशा छाएकोले सरकार प्रमुखको नाताले कार्यान्वयनको भूमिका निर्बाह गर्न आग्रह गरेको जानकारी दिनुभयो । संविधान सभाको म्याद एक बर्षका लागि थपिएको डेढ हप्ता भइसक्दा समेत संविधान निर्माणले गति पाउन नसकेकोबारे उहाँले असन्तुष्टि जनाउनु भयो ।

तीन बुँदे सहमति कार्यान्वयन नभए आउँदो बजेट अधिबेशन पनि प्रभावित हुनेतर्फ नेम्वाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । बजेट अधिबेशनको तयारीको लागि भन्दै सरकारले प्रतिपक्षी एकीकृत नेकपा माओवादीको सहमतिविपरित गएको विहीबार हिउँदे अधिबेशन अन्त्य गरेको थियो । बजेट प्रस्तुत हुनुअघि सदनमा प्रारम्भीक छलफल गर्नुपर्ने हुन्छ । (onlinekhabar)

0 comments: