मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 18, 2010

विश्वकपमा हल्यान्ड

गेहिनी जोशी
विश्वकप फुटबलको लहरले पूरा संसारलाई नै छोइसकेको छ । चार वर्षपछि आएको यो महाउत्सवमा फुटबलप्रेमी डचहरू पनि अरूजस्तै लागिपरेका छन् । फुटबल हल्यान्डको लोकपि्रय खेल हो । साधारण मैत्रीपूर्ण खेलहरूमा नै दर्शकहरूले भरिभराउ हुने यहाँका स्टिेडियमहरूबाट नै यहाँका मानिसहरूमा फुटबलप्रतिको मोह अनुमान गर्न सकिन्छ भने विश्वकपलाई विशेष रूपमा नमनाउने त कुरै भएन । त्यसैले डचहरूमा फुटबल सुरु हुनु अघिदेखि नै वल्डकप फिभर बढ्न थालिसकेको छ । हल्यान्डको राष्ट्रिय फुटबल टिम ओराङयलाई समर्थन गर्दा डचहरूले आफ्नो घर, कोठा, झ्याल, कार्यालय, चोक, गल्ली सबैतिर सुन्तला रंगका ध्वजा, पताका, झण्डा, ब्यानरले सज्ााएका छन् । मानिसहरू सुन्तला रंगका लुगा, जुत्ता, चस्मा लगायतका पहिरनमा हिँड्न सुरु गरिसकेका छन् । केही दिनमा यहाँका सैलुनहरू सुन्तला रंगमा कपाल रंगाउनेहरूको भीड लाग्नेछ । सुन्तला रंग हल्यान्डको राष्ट्रिय रंग हो । त्यसैले अन्तर्राष्ट्रिय फुटबल वा खेलकुद प्रतिस्पर्धामा प्रायः खेलाडीहरूले सुन्तला रंगका जर्सी लगाउने र सामग्रीहरू प्रयोग गर्ने गर्छन् । यस वर्ष डचहरूमाझ विश्वकप जित्ने ठूलो आशा भएकाले पनि ओराङय फिभर निकै बढेको हो । रेडियो, टीभीहरूले यहाँ फुटबल टिमको वाई हाउडन फान ओराङय भन्ने गीत बजाउन थालिसकेका छन् । यस्तै ठूलठूला डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, लुगापसल, रेस्टुरेन्ट, मल सबैले आफ्नो राष्ट्रिय फुटबल टिमलाई समर्थन गर्दा खानेकुरादेखि लुगा, जुत्ता लगायतका हरेक सामग्रीसमेत सुन्तला रंगमा बिक्रीका लागि राखेका छन् । विश्वकपलाई लक्ष्यित गरी विभिन्न छुट, पुरस्कार, उपहारको बाढी नै लागेको छ । पवहरू, रेस्टुरेन्ट तथा सहरका मुख्य-मुख्य चोकहरूमा समेत ठूलठूला टीभी तथा स्त्रिmनहरू राख्ने तयारी भइरहेको छ ।
ओराङयले प्रतिस्पर्धा गर्ने खेल हेर्नका लागि भनेर पच्चीस प्रतिशत डचहरूले कार्यालयबाट विदासमेत लिएका छन् । विदा लिन नमिल्ने कर्मचारीहरूका लागि पनि फुटबल हेर्न विशेष व्यवस्था गरेको यहाँका पत्रपत्रिकाले छापेका छन् । यस्तै पाँच हजार फुटबल फ्यानहरू दक्षिण अपि|mका पुगेका छन् ।

हल्यान्ड यो पटकको विश्वकप प्रतियोगिता जित्नेमा निकै आशावादी हुनुमा रोविन भान पर्सीर् , वेस्ले स्नाइडर, आर्यन रोवन र राफल फान डर फार्टजस्ता प्रतिभाशाली खेलाडीहरूले गर्दा हो । रोविन भान पर्सि इङल्यान्डको प्रसिद्ध क्लब आर्सनलका मुख्य स्ट्राइकर हुन् । उनी सार्प सुटरका रूपमा चिनिन्छन् । वेस्ले स्नाइडर इन्टर मिलानका खेलाडी हुन् । गएको च्याम्पियन्स लिग जिताउन उनको मुख्य भूमिका रहेको थियो । अर्का खेलाडी आर्यन रोवन जर्मनीको बायन म्युनिकका खेलाडी हुन् । बुन्डस लिगमा उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका थिए । ब्रायन म्युनिकलाई यो वर्षको च्याम्पियन लिगको फाइनलमा पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका थियो । यस्तै राफल फान डर फार्ट रियल म्याडिडका राम्रा खेलाडी हुन् । यसबाहेक डिर्क बुट, मार्क फान वोमेल, यलयरो यलिया, इब्राहिम आफेलेजस्ता खेलाडी पनि डच टिममा सामेल छन् । यसैगरी विश्वकप फुटबलको छनोट चरणमा हल्यान्डले सबै खेल जितेको थियो । फुटबल फ्यान विलम यानसन हल्यान्डले राम्रो खेल प्रदर्शन गर्ने र विश्वकप जित्नेमा आशावादी रहेको बताउँछन् । उनका अनुसार यसपटक धेरै अनुभवी खेलाडीहरूको राम्रो संयोजन भएकाले हल्यान्ड कडा प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ ।

विश्वका प्रसिद्ध फुटबल क्लबका अनुभवी, प्रतिभाशाली खेलाडीहरूको समूह भएकाले पनि डचहरूमा आशा जागेको हो । यस्तै यहाँ ब्राजिल, इटाली, अर्जेन्टिना, इङलिस समर्थकहरू नभएका भने होइनन् । हुन त हल्यान्ड यस अघिका दुई विश्वकपको फाइनलमा पुगेर पनि रित्तो हात र्फकनुपरेको थियो । साथै यस अघिका मुख्य-मुख्य खेलहरूमा राम्रो प्रदर्शन गर्नसमेत चुकेको छ । लिग चरणमा राम्रो खेल्ने गरे पनि नकआउटमा पुगेपछि कमजोर प्रदर्शन गर्ने गरेको तीतो अनुभव पनि डच टिमसँग छ । प्रतिभाशाली खेलाडीहरूका बाबजुद पनि हल्यान्डले अहिलेसम्म विश्वकप हात पार्नसकेको

छैन । यसपटक पनि रक्षात्मक पक्ष फितलो रहेकोले आशंका गर्ने ठाउँ नभएको भने होइन । विश्वकपको खेल मैदानमा लियोनल मेसी, वाइन रुनी, क्रृटियानो रोनाल्डो, काका, जाबीजस्ता खेलाडीहरू भएका टिम अनि ब्राजिल, अरर्जेन्टिना, जर्मनीजस्ता सशक्त टिम पनि विश्वकपका लागि उत्तिकै दाबेदार हुन् । कतिपय फुटबल विश्लेषकहरूले हल्यान्डलाई विश्वकप जित्ने सूचीमा नराखेको साथै मिडियाले पनि कमै चर्चा गर्ने गरेको भए पनि यसपटकको टिम भने निकै बलियो रहेको छ । जसरी हल्यान्ड अहिले पूरै सुन्तला रंगमा भिजेको छ, के उसले विश्वकप फुटबलको कपलाई पनि सुन्तला रंगमा रंगाउन सक्ला त ? त्यो भने हेर्न बाँकी छ । (ekantipur)

0 comments: