मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 16, 2010

'माओवादीलाई बेइमानीमा स्वर्णपदक'

कान्तिपुर संवाददाता
काठमाडौं, अषाढ ३ - एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ को सहमति कार्यान्वयन गरी राष्ट्रिय सरकार गठनका लागि आफूहरू इमान्दार रहेको बताएका छन् । नेता केपी ओलीले माओवादीले राजनीतिक बेइमानीमा स्वर्णपदक जितेको आरोप लगाए ।

एमाले प्रचार विभागद्वारा बुधबार पार्टी कार्यालय बल्खुमा आयोजित राष्ट्रिय भेलाको उदघाटन गर्दै अध्यक्ष खनालले तीन दलको सहमति कार्यान्वयनका लागि आफूहरू सबैभन्दा बढी जिम्मेवार भएको बताएका हुन् । राष्ट्रिय सहमतिको सरकारबिना शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुंगोमा नपुग्ने उनको कथन छ । संविधानसभाको कार्यकाल निकै कसरतपछि मात्र विस्तार गर्न सकिएको उल्लेख गर्दै उनले त्यसका लागि भएको सहमति कार्यान्वयन गरिने बताए । 'संविधानसभाको कार्यकाल नथपिएको भए अहिले हामी यो अवस्थामा (स्वतन्त्रतापूर्वक राजनीतिक गतिविधिमा) हुने थिएनौ,' उनले भने ।

भेला समापन गर्दै स्थायी समिति सदस्य ओलीले माओवादीले हिंसाको नीति नत्यागेसम्म समस्याको समाधान नहुने बताए । 'प्रधानमन्त्रीको राजीनामा समस्याको समाधान होइन,' उनले भने, 'माओवादीले हिंसात्मक बाटोबाट सत्ता कब्जाको नीति नत्यागेकाले शान्ति प्रक्रिया र संविधान निर्माणको काम सफल हुन नसकेको हो ।'

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेमा माओवादीका लागि थप अप्ठ्यारो पर्ने ओलीको चेतावनी छ । 'लचिलो, समन्वयकारी र सबैसँग मिलेर काम गर्ने नेपालजस्तो सजिलो प्रधानमन्त्री अर्को हुन सक्दैन,' उनले भने, 'नेपालले छोडेका दिन माओवादीलाई साइजमा ल्याउने व्यक्ति नेतृत्वमा आउने छ । जुत्ता खोलेर आराम गरेका प्रहरी त्यतिबेला तुना र टाँक कसेर आउनेछन् ।'

0 comments: