विक्रम गिरी (नागरिक) कञ्चनपुर, जेठ २५- कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतीय किसानले खेती गर्दै आएका छन्। उनीहरुले रौतेलीविचवा गाविस-९ झिलमिलाको दशौं बिघा नेपाली भूमि अतिक्रमण गर्दै खेतिपाती लगाइरहेका हुन्। नेपाल-भारत सीमा दशगजाबाट नेपालतिर आएर भारतीय किसानहरुले दैनिक खनजोत गरिरहेका छन्।
भारतीय किसानहरुले झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भूमीमा ट्याक्टर लगाएर जोत्न थालेका छन्। '१४/१५ विघामा जोतेर उखु खेती गर्दैछन्' भिलमिला प्रहरी चौकीका इञ्चार्ज गिरिनाथ योगीले भने, 'हामीजाँदा पनि उनीहरुले खनजोत गरिरहेकै थिए।'
नेपाली भूमि अक्रिमण गरी खेती गरिरहेको बारे प्रहरी प्रशासनलाई खवर गरेलगत्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिवहादुर खड्का लगायतको टोली सोमवार विहान त्यसतर्फ गएको छ।
सीमा स्तम्भ भन्दा दुई सय मिटर वर नेपाली भूमिमा उखु खेती गरिएको छ। खेतिपाती लगाउने समयमा बढी अतिक्रमण गर्ने गरेको स्थानीयबासीले बताए। 'खेती गर्ने समयमै अतिक्रमण गर्न सजिलो हुन्छ' झिलमिलाका माने रोकायाले भने, 'अतिक्रमण वर्षेनी थपिदै जान्छ, प्रहरी प्रशासन देखे पनि नदेखेझैं गर्दै आएको छ।' उनीहरुले खेती लगाउने क्रममा सीमा स्तम्भ समेत सार्ने गरेको स्थानीयले बताए।
२८ र २९ नम्बर सीमा स्तम्भवरपर खनजोत गरिरहेकाले तिनलाई सार्ने तयारी भइरहेको स्थानीयले बताएका छन्। उक्त कार्य रोक्न उनीहरुले प्रहरी प्रशासनलाई खबर गरेका हुन्। 'सीमा स्तम्भ छेउछाउमा माटो निकाल्न सुरु गरेका छन्' अतिक्रमणबारे जिल्लामा खबर गर्न महेन्द्रनगर आएका चौकीका इञ्चार्ज योगीले भने, 'प्रहरी एक्लैले केही गर्न सक्दैन्।'
उक्त कार्यको विरोध गर्दा विगतमा अतिक्रमणकारीले स्थानीयलाई कुटपिट गरेको उनले बताए। 'हामी पुग्दा भारतीय नम्बर प्लेटको ट्याक्टरले नेपाली भूमि जोतिरहेको थियो' योगीले भने, 'किन जोतेको भन्दा माथिबाट जोत्न लगाएको भन्न थाले।' झिलामिला क्षेत्रमा ५/६ महिनादेखि नेपाली भूमि अतिक्रमणबारे प्रमुख जिल्ला अधिकारीलाई स्थानीयबासीले जानकारी गराउँदै आएका छन्। तर अतिक्रमण रोक्न कुनै पहल भएको छैन्।
सीमा स्तम्भ नं. २९ देखि दुई किलोमिटर वर झिलामिला प्रहरी चौकी रहेको छ। प्रशासनिक निकायवाट निर्देशन नपाउँदा प्रहरी सीमा अतिक्रमण भइरहेको टुलुटुल हेर्न बाध्य छ।
Tuesday, June 8, 2010
नेपाली भूमि अतिक्रमण गरी भारतीय किसान खेती गर्दै
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment