कसले नेतृत्व गर्ने भन्नेमा दाहाल प्रतिवेदन मौन
काठमाडौं असार २ एकीकृत नेकपा (माओवादी)को आज बसेको पोलिटब्युरो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रिय सरकारको नेतृत्व माओवादीले गर्ने भने पनि अध्यक्ष दाहालले त्यसको नेतृत्व बारे केही भनेका छैनन्।
पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा छ जना पदाधिकारीले बोलेका छन्। बुधबार बोल्ने नेताहरुले पार्टीको एजेन्डा विपरित झुकेर सरकार गठन गर्नु नहुने विचार व्यक्त गरेका छन्। बुधबारको बैठकमा बोल्ने केही नेताहरुले राष्ट्रिय सरकारको सम्भावना क्षीण भएको उल्लेख गरे।
दाहालको प्रतिवेदनमा सरकारका लागि पहल गर्ने र शक्तिकेन्द्रहरुले घेरामा पारे जनतामा जाने उल्लेख छ।
१४ जेठको सहमति कार्यान्वयमा समस्या देखिएको सेना समायोजन बारे दाहालले चार विकल्प पेश गरेका छन्। सेना र प्रहरीमा समायोजन, छुट्टै फोर्स निर्माण, सीमा र औद्योगिक सुरक्षा बल बनाएर समायोजन गर्न सकिने दाहाल प्रतिवेदनमा छ।
बुधबारको बैठकमा सदस्यहरुले बोल्नेक्रम सकिएको छ। अब अध्यक्षले जवाफ दिने र निर्णय सार्वजनिक गर्न पुनः बैठक बस्नेछ। (nagariknews)
Wednesday, June 16, 2010
सरकारको नेतृत्व आफ्नैः माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment