मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, June 12, 2010

अर्जिन्टेनाद्वारा नाइजेरिया पराजित/पहिलो जीत कोरियालाई

कान्तिपुर संवाददाता काठमाडौ, जेष्ठ २९ -

दक्षिण अफि्रकामा भइरहेको विश्वकप फुटवल २०१० को चौथों खेलमा दक्षिण अमेरिकी मुलुक अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ । अर्जिन्टेनाले खेल सुरु भएको पाँचौ मिनेटमा हालेको गोल फर्कान नसकेपछि नाइजेरिया पराजित भएको हो ।

पहिलो जीत दक्षिण कोरियालाई

दक्षिण अपि|mकामा भइरहेको विश्व कप फुटवल -२०१० मा पहिलो जीत दक्षिण कोरियाले हात पारेको छ । दोस्रो दिनको पहिलो खेलमा गि्रसलाई २-० ले हराएर उसले पहिलो जीत हात पारेको हो ।

शुक्रबारबाट सुरु भएको फुटवल महामेलाको यो तेस्रो खेल थियो । खेलमा दक्षिण कोरियाले खेल सुरु भएको छैटौं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेको थियो । परै खेलअवधीभर कोरिया गि्रस माथि हावि भएको देखिन्थ्यो ।

शुक्रबार राति भएको दुई खेलहरु भने बराबरीको टुङ्िगएको थियो । दक्षिण अफ्रिका र मेक्सिको बीच १-१ गोलको बराबरी भएको थियोभने फ्रान्स र उरुग्वेबीचको दोस्रो गेममा कसैले पनि गोल गर्न सकेनन्

0 comments: