काठमाडौं, जेठ २५ (नागरिक)- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा २०६६ मंसिर १९ अघि भर्ना भएका विद्यार्थीसँग पुरानै शुल्क लिन मंगलबार आन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ताहिर अली अन्सारी र अवदेशकुमार यादवको संयुक्त इजलासले पुरानै शुल्क कायम गर्न अन्तरिम आदेश दिएको हो।
१३ वटा विद्यार्थी संगठन शुल्क बृद्धि खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। १९ मंसिरमा त्रिविको कार्यकारी परिषदको निर्णयले विश्वविद्यालयका सबै संकाय र अध्ययन संस्थानको शुल्क वृद्धि गरेको थियो।
सर्वोच्चले अन्तरिम आदेश दिए लगत्तै १३ विद्यार्थी संगठनले शुल्कविरुद्धको आन्दोलन फिर्ता लिएका छन्। भोलिदेखि लेखा शाखामा लगाइएको ताला खोलिने अनेरास्ववियूकी अध्यक्ष रामकुमारी झाँक्रीले बताइन्।
Tuesday, June 8, 2010
पुरानालाई पुरानै शुल्क लेऊ : सर्वोच्च
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment