मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 14, 2010

जर्मनीको शानदार जित

कान्तिपुर संवाददाता, काठमाडौ, जेष्ठ ३१ - विश्वकपमा जर्मनीले ठूलो अन्तरले अष्ट्रेलियालाई पराजित गरेको छ । जर्मनी विश्वकपका लागि दावेदार मानिएको टिम हो । आइतबार राति अवेर भएको खेलमा जर्मनीले ४-० को फराकिलो अन्तरले अष्ट्रेलियालाइ पराजित गरेको छ ।

खेलको आठौं मिनेटमा लुकास पोडोल्स्कीले गोलको खाता खोलेका थिए । २६ औँ मिनेटमा स्ट्राइकर मिरोस्लाभ क्लोजले, मध्यान्तरपछि थोमस मुलरले ६८ औँ मिनेटमा र त्यसको दुई मिनेटपछि काकाउले एक-एक गोल थपेपछि जर्मनी सून्यका विरुद्ध ४ गोलले विजयी भएको हो।

अष्ट्रेलियाले पनि आफ्नो पक्षमा गोलका केही अवस्था सृजना गरेपनि जर्मन डिफेन्डरले निस्तेज पारेको थियो । जर्मनीको यो जित विश्वकपको सबैभन्दा फराकिलो जितअन्तर हो ।

0 comments: