निष्काशन गरेको कुरा झुटो : सरिता-
काठमाडौ, असार २७ (नागरिक)- नेपाल सदभावना पार्टी (आनन्दीदेवी) का राष्ट्रिय अध्यक्ष आनन्ददेवी सिंहले सभासद् सरिता गिरीलाई ६ वर्षका लागि पार्टीबाट निस्काशन गरेको बताएकी छन् तर गिरीले भने त्यसको खण्डन गर्दै उक्त विज्ञप्ति झुटो भएको बताएकी छिन।
गिरीले लोकतान्त्रिक र मधेसवादी मूल्य मान्यताहरुमाथि गम्भिर आघात पुर्याउने काम गरेकीले निस्काशन गरेको विज्ञप्तिमा उल्लेख छ । गिरीलाई सभासदबाट हटाएकोबारे जानकारी दिन सम्बन्धित ठाउँहरुमा पुर्याउने पनि उल्लेख गरिएको छ।
'पाँचौं महाधिवेशनबाट उहाँलाई मानार्थ अध्यक्षका रुपमा राखिएको हो, एक महिनाअघि मैले उहाँलाई भेटेर आएकी हुँ, जुन विज्ञप्ति आएको छ, यो झुटो हो, विज्ञप्ति निकाल्ने कोही आउँछ भने हामी त्यसको उत्तर दिन्छौं'- गिरीले नागरिकन्युजसँग भनिन् ।
Monday, July 12, 2010
सदभावना नेता गिरी पार्टीबाट निष्काशित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment