सरोजराज अधिकारी, काठमाडौ, श्रावण १ - माओवादीलाई नागरिक दल बन्न चौतर्फी दबाब बढिरहेका बेला उसका लडाकुहरू भने झन् बेलगाम देखिन थालेका छन् । व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा फरार माओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम चिनियाँ व्यापारी लुटपाटका मुख्य योजनाकारसमेत रहेको र्सार्वजनिक भएपछि लडाकुहरूको उद्दण्डपन झन् उजागर भएको छ । खाम रोल्पाको दहवनस्थित पाँचौं डिभिजन कमान्डर पनि हुन् ।
उच्च सुरक्षास्रोतबाट प्राप्त तथ्यांकअनुसार माओवादी लडाकुबाट आपराधिक र शान्ति सम्झौता उल्लंघनका करिब तीन दर्जन घटना भइसकेका छन् । तीमध्ये अधिकांश कानुनी दायरामा नआएकाले खासै चर्चामा आएनन् । माओवादी नेतृत्व भने लडाकुका गैरकानुनी गतिविधि नियन्त्रण गर्नभन्दा पनि ढाकछोपतर्फउद्यत देखिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता दीनानाथ शर्माले खाम लामो समयदेखि पार्टीले सम्पर्कमा नरहेको झूटो अभिव्यक्तिसमेत दिएका छन् ।
माओवादी पोलिटब्युरो सदस्य तथा सेनाका प्रवक्ता डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले खाम अहिले पनि माओवादी सेनाको पाँचौं डिभिजन कमान्डर र पार्टी केन्द्रीय सदस्य रहेको जानकारी दिए । 'उहाँलाई कुनै कारबाही भएको छैन । कसैले अभियोग लगाउँदैमा कारबाही गर्ने कुरा हुँदैन,' चिनियाँ व्यापारी लुटपाट प्रकरणमा उनले भने, 'पछिल्लो घटनामा के भएको हो छानबिन नगरी निर्णय गर्ने कुरा भएन । यो बहाना बनाएर पुरानो घटना (रामहरि प्रकरण) बल्झाउन खोजिएको पनि हुनसक्छ । यसबारे पार्टीको तहबाट पनि केही निर्णय होला ।'
प्रहरीले भने खामलाई कर्तव्य ज्यान, डकैती, हातहतियार खरखजाना र सरकारी छाप किर्तेमा मुद्दा चलाउने तयारी गरिरहेको छ । २०६५ जेठ २९ मा रामहरिको अपहरणपछि हत्या गरेको अभियोगमा कर्तव्य ज्यान, व्यापारी लुटपाट गरेकोमा डकैती, उनकै कोठामा हतियार र नक्कली सरकारी कागजपत्र भेटिएकाले हातहतियार खरखजाना तथा सरकारी छाप किर्तेमा मुद्दा दायर गर्न लागिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाले तयार पारेको कान्तिपुरलाई प्राप्त एक 'गोप्य' प्रतिवेदनअनुसार माओवादी लडाकुबाट यस्ता दर्ुइ दर्जन गैरकानुनी घटना भएका छन् । तर राजनीतिक दबाबमा अधिकांशलाई पक्राउ नै गरिएन भने पक्राउ परेकालाई समेत कारबाही नगरी छोडिएको छ । प्रहरी तथ्यांकअनुसार २०६७ वैशाख १४ मा चितवनमा पक्राउ परेका सिन्धुलीको दुधौलीस्थित शिविरका परिचयपत्र नम्बर १९०९ का लडाकु सन्तोष र्राई 'प्रतिरोध' मात्र हाल विस्फोटक पदार्थसम्बन्धी ऐनअर्न्तर्गत जिल्ला कारागार चितवनमा थुनामा छन् ।
२०६६ मंसिर १३ मा महिलालाई दुर्व्यवहार गरेको अभियोगमा बाँकेको कोहलपुरमा हतियारसहित पक्राउ परेका रोल्पास्थित पाँचौं डिभिजनअर्न्तर्गतको ब्रिगेड कमान्डर दीपेन्द्र शाही पाँच दिनपछि रिहा भएका थिए । २०६७ जेठ १६ मा एसएमजीसहित बागलुङको मालदुङमा पक्राउ परेका माओवादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीका सुरक्षागार्ड लडाकु शेरबहादुर पुनलाई प्रहरीले दुइ दिन हिरासतमा लिएर मुक्त गरेको थियो ।
त्यस्तै, २०६६ भदौ ८ मा इन्सास ३, एसएमजी ३ एम १६ र एसएलआर एक/एक र पेस्तोल एक गरी ९ थान हतियारसहित कपिलवस्तुमा पक्राउ परेका सहायक ब्रिगेडियर कमान्डर शक्ति रोकायलगायतका २२ लडाकुलाई अनमिनको रोहवरमा छाडेको प्रहरीले जनाएको छ । प्रहरीका प्रवक्ता एसपी यादव खनालका अनुसार अनमिनले पक्राउ परेका लडाकु र हतियार प्रमाणित गरे उसैको रोहवरमा छाड्ने गरिएको छ । 'अनमिनमा दर्ता भएका हतियार र लडाकु उसैले आएर प्रमाणित गरी आफ्नो रोहवरमा लैजाने गरेको छ । प्रमाणित नभएकाको हकमा हातहतियार खरखजानामा मुद्दा चलाइन्छ,' उनले भने, 'धेरैजसो लडाकु अनमिनको रोहवरमा छाडिएकाले कति पक्राउ परे वा छुटे भन्ने यकिन तथ्यांक छैन ।'
अनमिन प्रवक्ता कसमस विश्वकर्माले भने आफूहरूले साक्षी बसेर कुनै लडाकु नछुटाएको बताए । 'हामीले पक्राउ हतियार र लडाकु अनमिनमा दर्ता छ/छैन प्रमाणित गरिदिने मात्र हो । पक्राउ लडाकु छाड्ने, नछाड्ने क्षेत्राधिकार प्रहरीको हो,' उनले भने, 'अनमिनको मुख्य कार्यभार हतियारको अनुगमन भएकाले लडाकुका गतिविध्रि्रति जिम्मेवार छैनौं ।'
खामको मुद्दा प्रहरीको क्षेत्राधिकारभित्र पर्ने र यसअघि रामहरि प्रकरणमा उनीविरुद्ध अदालतबाटै पक्राउ आदेश भएपछि अनमिनले विज्ञप्ति जारी गरी सरकारलाई सघाउन माओवादीलाई आग्रह गरेको उनले सम्झाए । 'हामीले आग्रह मात्र गर्न सक्छौं, अन्य अधिकार छैन,' उनले भने ।
लडाकुका आपराधिक र शान्ति सम्झौता उल्लंघनका घटना
०६३।११।१७ : शक्तिखोरका लडाकु पोसाक र हतियारसहित शिविरबाहिर निस्केको ।
०६३।१२।२६ : विभिन्न शिविरका लडाकु एकसाथ हतियारसहित शिविरबाहिर निस्केको ।
०६४।३।१० : धादिङको फजिमटारमा नेपाली सेनाका जवानको जग्गा माओवादी लडाकुबाट कब्जा ।
०६४।५।६ : नुवाकोटको फिकुरी गाविसस्थित प्रहरी चौकीमा हमला गरी हतियार लुट ।
०६४।५।३१ : उदयपुरस्थित बेलसोत शिविरका लडाकुहरूले शिविर छाडेको ।
०६४।६।१९ : चितवनका विभिन्न स्थानमा माओवादी लडाकुबाट आवागमनमा रोक ।
०६४।७।७ : शक्तिखोर शिविरमा थुप्रै चोरीका मोटरसाइकल भएकोबारे प्रहरीले अनुसन्धान गर्न खोज्दा डिभिजन कमान्डर कालीबहादुर खामले बाधा पुर्याएको ।
०६४।१०।१० : खोटाङको प्रहरी चौकीमा हमला गरी लुटपाट ।
०६५।२।२९ : कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि शक्तिखोरस्थित शिविरमा लगी कालीबहादुर खामले हत्या गरेको (अभियोग) ।
०६५।२।२९ : गोरखा दरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुरक्षामा रहेका पोसाक लगाएका लडाकुबाट हतियार प्रदर्शन ।
०६५।३।५ : दाङस्थित सक्राम शिविरका लडाकुले शिविर छाडेको ।
०६५।६।२८ : एम १६ हतियारसहित रोल्पास्थित शिविरका एक कमान्डर तहका लडाकु रोल्पामा पक्राउ ।
०६५।१०।९ : काठमाडौं बौद्धको टुसालस्थित स्थानीय विद्यालयमा शक्तिखोरका लडाकु कुमार रानामगर हतियार र चोरीको सामानसहित पक्राउ ।
०६५।१०।१० : कञ्चनपुरको सातौं डिभिजनमा कार्यरत लडाकुद्वय रवीन्द्र ऐरी र मानबहादुर कु“वर गैंडाको खागसहित पक्राउ ।
०६६।४।१४ : माओवादी नेतृ हिसिला यमीको सुरक्षामा रहेका लडाकु रामकुमार पौडेल हतियारसहित काठमाडौंबाट पक्राउ ।
०६६।५।८ : माओवादीका सहायक ब्रिगेडियर शक्ति रोकायसहित २२ लडाकु इन्सास ३, एसएमजी ३ एम १६ र एसएलआर एक/एक र पेस्तोल एक गरी ९ थान हतियारसहित कपिलवस्तुमा पक्राउ ।
०६६।५।११ : शक्तिखोरस्थित शिविरमा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा लडाकुलाई तीन दिनसम्म राजनीतिक प्रशिक्षण ।
०६६।८।१३ : माओवादीको रोल्पास्थित पाँचौं डिभिजनअर्न्तर्गतको ब्रिगेड कमान्डर दीपेन्द्र शाही हतियारसहित महिलालाई दुर्व्यवहार गरेको अभियोगमा बा“केको कोहलपुरमा पक्राउ ।
०६६।११।१ : माओवादी जनमुक्ति सेनाका नाममा दशरथ रंगशालामा खेलकुद आयोजना गरेको ।
०६६।११।१० : शक्तिखोरस्थित शिविरमा माओवादी अध्यक्ष दाहालद्वारा लडाकुलाई राजनीतिक प्रशिक्षण ।
०६६।८।१३ : माओवादीको रोल्पास्थित पा“चौं डिभिजनअर्न्तर्गतको ब्रिगेड कमान्डर दीपेन्द्र शाही हतियारसहित महिलालाई दुर्व्यवहार गरेको अभियोगमा बा“केको कोहलपुरमा पक्राउ ।
०६६।१२।३० : काठमाडौं चाबहिलमा ना५प ६७१ नम्बरको मोटरसाइकलमा सवार माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसी र उनका अंगरक्षक लडाकु महावीर राना अनमिनको केटीएम ०००३१९५ ट्याग रहेको ८ राउन्ड गोली लोड गरिएको पेस्तोलसहित पक्राउ ।
०६७।१।१४ : सिन्धुलीको रानीवासस्थित शिविरका ३०/३५ हतियारसहितका लडाकुले डेढ किलोमिटर परको राजमार्गमा दुइ दिनसम्म गस्ती गरेको ।
०६७।१।१४ : सिन्धुलीको दुधौलीस्थित शिविरका परिचयपत्र नम्बर १९०९ रहेका लडाकु सन्तोष र्राई काठमाडौं आउने क्रममा चितवनमा पक्राउ ।
२०६७।२।१४ : काठमाडौं दरबारमार्गको एक क्याफेमा शक्तिखोरका ५ प्रमाणित र २ अप्रमाणित लडाकु हतियारसहित पक्राउ ।
०६७।१।१५ : महोत्तरीस्थित शिविरका कम्ब्याट पोसाकका १०/१५ लडाकुले वरपर गस्ती गरेको ।
०६७।१।२० : रोल्पाको उघा शिविरका पोसाक लगाएका हतियारसहितका २०/३० जना लडाकुले वरपर चेक प्वाइन्ट बनाएको ।
०६७।१।२२ : कैलालीस्थित शिविरका पोसाक लगाएका हतियारसहितका करिब ४० लडाकुले कैलाली बजारमा गस्ती गरेको ।
२०६७।२।१६ : बागलुङको मालदुङमा माओवादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीका सुरक्षागार्ड लडाकु शेरबहादुर पुन लडाकु र एसएमजी हतियारसहित पक्राउ ।
०६७।२।२५ : काभ्रेको धुलिखेलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा रहेका पोसाकसहितका लडाकुले हतियार प्रदर्शन गरेको ।
०६७।३।२५ : काठमाडौंको गोंगबुमा तीन चिनिया“ नागरिकलाई लुटपाट गर्ने घटनामा माओवादी केन्द्रीय समिति सदस्यसमेत रहेका लडाकु डिभिजन कमान्डर कालीबहादुर खामको योजना रहेको अभियोग र उनको सामाखुसीस्थित डेराबाट प्रहरीले हतियार, नगद तथा नक्कली कागजपत्र बरामद ।
(सैनिक स्रोतबाट प्राप्त विवरण)(ekantipur)
Friday, July 16, 2010
लगामहीन लडाकु/शान्ति सम्झौता ३२ पटक उल्लंघन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment