मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 18, 2010

४० दिनदेखि अस्पतालमा शव

नयाँ पत्रिका, बुटवल, १ साउन, लुम्बिनी अञ्चल अस्पतालमा ४० दिनदेखि बेवारिसे शव रहेको छ । पहिचान हुन नसकेपछि बुटवल धागो कारखानानजिक भेटिएको शव अस्पतालमै राखिएको छ ।

बेवारिसे अवस्थामा गत २४ जेठमा भेटिएको शवको प्रकृति हेर्दा हत्या भएको आशंकासहित लुम्बिनी अस्पतालमा पोस्टमार्टमका लागि शव ल्याइएको थियो ।

करिब ४० वर्ष उमेरको देखिने सो शवको पहिचानका लागि रूपन्देही प्रहरीले देशभरिका सबै प्रहरी कार्यालयमा सूचना र वेबसाइटमा जानकारी राखे पनि कोही आफन्त आएका छैनन् । भारतीय प्रहरीलाई पनि शवबारे जानकारी गराइएको रूपन्देही प्रहरीले जनाएको छ ।

अञ्चल अस्पतालमै चार दिनदेखि अर्को शवसमेत राखिएको छ । रूपन्देहीको एकला-९ पडहरवामा ३० असारमा बेवारिसे अवस्थामा भेटिएको सो शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

0 comments: