मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

एमआरपीमा चासो देखाउँदै भारतको पत्र

लेखनाथ पाण्डे, काठमाडौं, साउन १ - एमआरपी टेन्डर प्रक्रियामा छनोट भएको फ्रान्सस्थित ओबरथर कम्पनीले कमसल खालको 'पर्सनालाइजेसन' प्रिन्टर प्रयोग गरेको विषयमा भारतले चासो राखेको छ। भारतले असार २८ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखी ओबरथरले उपलब्ध गराउने एमआरपीको गुणस्तरप्रति चासो व्यक्त गरेको हो।

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार बनाउँदै भारतले यस्तो गुनासो गरेको पराष्ट्र स्रोतले बतायो। अन्य प्रतिस्पर्धी कम्पनीको गुनासो र संसदीय समितिमा छलफल जारी रहेका बेला भारतबाट यो चासो राखिएको हो।

'नेपाल सरकारले जारी गर्ने राहदानी (एमआरपी) को 'सेक्युरिटी फिचर' कमसल नहोस् भनेर भारत अनुरोध गर्छ,' नागरिकलाई प्राप्त भारतीय दूतावासको चिठीमा उल्लेख छ। भारत न्यूनतम मापदण्ड पूरा गर्न नसकेर टेन्डर प्रक्रियामा सामेल भएको थिएन।

एमआरपीका लागि प्रतिस्पर्धी कम्पनीहरू इन्डोनेसियाको पेरम पेरुरी र बेलायतको देलारुले ओबरथर टेक्नोलोजिजले टेन्डर सूचनामा तोकिएभन्दा कमसल प्रिन्टर प्रयोग गरेको आरोप लगाउँदै उजुरी दिएका छन्।

भारतले उनीहरूकै उजुरीसँग मेल खाने आसयसहित मन्त्रालयलाई एमआरपीको सेक्युरिटी फिचरमा सम्झौता नगर्न आग्रह गरेको छ। यसअघि विनाप्रतिस्पर्धा भारतसँग सम्झौता गरी एमआरपी बुक खरिद गर्ने तयारी हुँदा भारतीय राजदूत राकेश सूदले 'नेपालको सुरक्षित एमआरपी भारतको चासो' भएको तर्क गरेका थिए। सुदले यस्तै आसयको गोप्य पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए। त्यो सार्वजनिक भएपछि चर्को विवाद भएको थियो।

ओबरथरले एमआरपी पर्सनालाइजसनका निम्ति दक्षिण कोरियाली पार्क एन्ड ओपिसी नामक कम्पनीले उत्पादन गरेको प्रिन्टर प्रयोग गर्ने प्रस्ताव गरेको छ। प्रतिस्पर्धी कम्पनीहरूले यो मन्त्रालयले तोकेको मापदण्डभन्दा कमसल भएको दाबी गर्दै आएका छन्।

पेरम पेरुरी र देलारुले ओबरथरले प्रस्ताव गरेको पार्क एण्ड ओपिसीको प्रिन्टर मापदण्डअनुसार दुई देशमा एमआरपी पर्सोनालाईजेसनका निम्ति प्रयोग नभएको समेत उजुरी गरेका छन्। टेन्डर प्रस्तावमा ओबरथरले पार्क एन्ड ओपिसीका प्रिन्टर घाना र दक्षिण कोरियामा एमआरपी पर्सनालाईजेसनका निम्ति प्रयोग भएको उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयले यस विषयमा विभिन्न सुत्रबाट छानबिन गरिरहेको र आइतबारसम्म निर्णयमा पुगिसक्ने एमआरपी मूल्यांकन समितिका एक सदस्यले जानकारी दिए।

यसैबीच, पार्क एण्ड ओपिसी कम्पनीले घानामा एमआरपी 'पर्सनालाईजेसन' उपकरण आपूर्ति र स्थापना गरिसकेको पुष्टि गरेको छ। पार्क एन्ड ओपिसी मुख्यालयबाट नागरिकलाई प्राप्त 'कन्फरमेसन लेटर' मा 'घाना र कोरियाको उत्तर कोरियाली सीमामा 'इन्ट्रि पासबुक' जारी गर्न आफ्ना पर्सनालाइजेसन प्रिन्टर आपूर्ति र जडान गरिएको जनाइएको छ। उत्तर कोरिया आउजाउका लागि गरिने 'इन्ट्रि पासबुक' एमआरपी (नाम मात्र फरक) नै हो या छुट्टै परिचय पत्र भन्ने स्वतन्त्र रूपले पुष्टि हुन सकेको छैन।

यसबारे आधिकारिक प्रतिक्रियाका लागि प्रयास गर्दा परराष्ट्र मन्त्रालयका अधिकारी उपलब्ध हुन सकेनन्। एक उच्च परराष्ट्र अधिकारीले भने एउटै देशले भिन्नभिन्न नाममा राहदानी जारी गर्न सक्ने बताए। ती अधिकारीका अनुसार छिमेकी भारतमै कम्तिमा तीन किसिमका राहदानी जारी हुने गर्छन्, जसमा आमप्रचलनको एउटा साधारण राहदानी छ। बंगलादेश र श्रीलंका आउजाउ गर्न छुट्टाछुट्टै राहदानी जारी गर्ने गरेको छ। उनले त्यहाँ तीनै किसिमका राहदानीले उत्तिकै मान्यता पाउने बताए। (nagariknews)

0 comments: