'पेले' फुटबल जगतको एउटा यस्तो नाम हो जुनबिना आधुनिक फुटबल जगतको चर्चा नै अधुरो हुन्छ । प्रकृतिको वरदान पाएका यी फुटबल खेलाडी विश्वमा सबैभन्दा लोक प्रिय खेलाडी हुन् । उनको प्रशंसामा असङ्ख्य कविता र उपन्यासहरू समेत लेखिएका छन् । खेलकुद जगतको पेले जति लोकप्रिय, चर्चित र प्रख्यात छन् त्यति आजसम्म कोही पनि हुनसकेका छैनन् । उनको नसा-नसामा फुटबल भरिएको छ । उनी फुटबल खेल्नकै लागि जन्मिएका हुन् जस्तो लाग्छ ।
यस्ता महान् खेलाडीको जीवनसाग जोडिएका धेरै रमाइलो प्रसङ्गहरू छन् । तीमध्ये कही यस्ता छन् :
पेले सानोमा खाली खुट्टै फुटबल खेल्थे । त्यसैले सबैले उनलाई 'पेलेदास' भनी बोलाउथे । उनीपछि 'पेले' नामबाट चर्चित भए । उनको वास्तविक नाम भने एड्सन अरान्तेस दो नासिमेन्टो हो ।
पेलेको परिवार गरिब भएको कारण उनले आफ्नो फुटबल किन्ने रहर पूरा गर्न हलमा चना बेचेर र जुत्ता पालिस गरेर पैसा बटुलेका थिए ।
पेलेले १७ वर्षको उमेरमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए भने १८ वर्षमा विश्वकप फुटबल प्रतियोगितामा भाग लिएका थिए । यसमा उनी सर्वश्रेष्ठ खेलाडी घोषित भए र ब्राजिलले पहिलोपटक विश्वकप जित्यो ।
सन् १९७० को विश्वकपमा पेलेले इङ्ल्यान्ड विरुद्ध गरेको प्रहार रोक्न खोज्दा इङ्ल्यान्डका गोलकिपर गोर्डन व्याङ्कसको हात नौ ठाउमा भाच्चिएको थियो ।
फुटबलप्रेमीहरूले पेलेलाई माया गरी करिब एक दर्जनभन्दा बढी उपनाम दिएका छन् तीमध्ये 'बादशाह', 'कालो मोती', 'फुटबलका जादुगर' बढी प्रख्यात छन् ।
पेलेलाई भेट्दा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका शाहले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टाभन्दा बढी समयसम्म प्रतीक्षा गरेर बसेका थिए ।
पेलेले पनि एकपटक रातो कार्ड पाएका थिए तर पछि उनले त्योविरुद्ध फिफामा उजुरी गरी सुनुवाई गर्न लगाए । त्यसपछि उल्टै त्यो कार्ड दिने रेफ्रिलाई एक महिना लामो निलम्बनको सजाय दिइयो ।
पेलेले आफ्नो हजारौ गोल पेनाल्टी प्रहारबाट गरेका थिए ।
पेलेले ९९९ गोल गरिसकेको तथ्य थाहा पाएका दर्शकहरूले त्यो पेनाल्टी पेलेबाहेक अरूलाई हान्न दिएनन् । फलस्वरूप त्यो प्रहार पेलेले नै हाने र गोलमा परिणत गरे । पेले विश्व फुटबलको इतिहासमा १००० गोल गर्ने पहिलो खेलाडी पनि बने ।
पेलेको आत्मकथा 'माइ लाइफ एण्ड द ब्युटिफूल गेम' को प्रथम संस्करणमा हस्ताक्षर गर्न जादा त्यहा भेला भएका उनका प्रशंसकहरूले उनको लुगा टुक्राटुक्रा पारेर चिनो स्वरूप लगेका थिए । लुगा नपाउनेले उनको कारको पार्टपूर्जासमेत बांकी राखेनन् । भनिन्छ त्यो दिन पेले लगभग नाङ्गै हिडेर घर पुगेका थिए ।
पेलेले सन् १९५७ देखि १९७७ सम्म फुटबल खेलेर अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए । उनले आफ्नो लामो व्यावसायिक खेल जीवनमा कुल १३६३ वटा अन्तर्राटि्रय खेल खेले र कुल १२८१ वटा अन्तर्राष्ट्रिय गोल गरे ।
Collected by:Bishow

0 comments:
Post a Comment