काठमाडौं, साउन ७ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै एमाले बिना बहुमतीय सरकार बन्न संभव नभएको बताएका छन्। लोकतान्त्रिक शक्तिहरू बहुमतीय ढाँचामा जान नहुने उनले बताए।
नेकपा (एमाले) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३२ औँ स्मृति दिवसको अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खनालले चुनौति दिए- ‘लौ त कसले बहुमतीय सरकार बनाएर जान्छ हेरौँ। लौ त कसले राष्ट्रिय सहमति बिनाको सरकार बनाउँछ हेरौँ।‘
झण्डै दुई तिहाई बहुमतको समर्थन आफ्नो पक्षमा जुटिसके पनि एमालेले राष्ट्रिय सहमति कै लागि त्याग गरेको उनको जिकिर थियो। खनालले बुधबार भएको निर्वाचनअगाडि ३९१ सभासदले आफूलाई समर्थन गरेको दावी गर्दै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा (एमाले)ले हदैसम्मको प्रयत्न गरिरहेको बताउँदै यसो हुन सकेन भने मुलुक अतिवादको चङ्गुलमा पुग्ने बताए।
सो अवसरमा स्व. पुष्पलालले आफ्नो जीवनमा टिपोट गरेका विषयहरू समेटेर तयार पारिएको ‘हिस्ट्री नोट' नामक पुस्तक विमोचन गरिएको थियो।
Friday, July 23, 2010
लौ त कसले बहुमतीय सरकार बनाउँछ हेरौँ: एमाले अध्यक्ष खनाल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment