मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 20, 2010

एकैदिनमा नौवटा गीत गाउने राई इज किङ

राजेशपायल राई, गायक

मैले सांगीतिक करिअर १४ वर्षको उमेरदेखि सुरु गरेको हु । १४ वर्षको उमेरमै मैले रेडियो नेपालमा 'सम्झनाको कुरा नगर' बोलको गीत गाएको थिएँ । अहिलेसम्म मेरा १९ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । मलाई मैले गाएका सबै गीत उत्तिकै राम्रा लाग्छन् । एउटी आमालाई आफ्ना सबै सन्तान राम्रा लागेझैँ एउटा गायकलाई पनि आफ्ना सबै गीत राम्रा लाग्छन् । मलाई सबभन्दा मन पर्ने मेरो गीत यही हो भन्ने छैन । सबैप्रकारका गीत गाएको छु । आजसम्म मैले कसैलाई पनि 'यस्तो प्रकारको गीत गाउँदिनँ' भनेको छैन । म आफूलाई भर्सटाइल गायक भन्न रुचाउँछु ।

मलाई आउट अफ ट्रयाकको गीत गाउन मन लाग्छ । हामी सांस्कृतिक रूपमा धेरै धनी छाँै । हाम्रा मौलिक लोकलय धेरै छन् । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने लोकसंगीतमा हामी विश्वमा नम्बर एक हुन सक्छाँै । तर, अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय मिडियामा हाम्रो पहुच छैन । अर्को, भाषाको पनि समस्या हो । मिडिया र भाषाका कारण हाम्रो संगीत अन्तर्राष्ट्रियस्तरको हुँदाहुँदै पनि आफ्नो देशमा मात्रै सीमित छ । धुन, लय आदिका हिसाबले त हामी धेरै सम्पन्न छौँ ।


गीत गाउनकै लागि १६/१७ मुलुक पुगेको छु । नेपालको त सबै जिल्ला घुमेको छ । यसक्रममा मैले अनेकप्रकारका फ्यान भेटे । कति त सोच्दै नसोचेका कुरा गर्छन् । क्रेज भन्ने कुरो पनि बडो अनौठो हँुदोरहेछ । 'आई लभ यु' भन्नेदेखि 'तपाइंविना बाँच्न सक्दिनँ' भन्नेसम्मका फ्यान भेटेको छु । कहिलेकाहीँ त अचम्मै लाग्छ । मेरा फ्यानका एसएमएस र फोन त कति आउँछन् कति ।


नेपालका सांगीतिक कार्यक्रमा धेरै मान्छे त हुने नै भए, विदेशमा समेत हजाराँै दर्शक भेटिन्छन् । विशेषगरी, खाडी मुलुकमा दर्शक सहभागिता व्यापक हुन्छ । मलेसियामा मेरो एउटा कार्यक्रममा त १५ हजारजति मान्छे जम्मा भएका थिए । विदेशमा त्यति धेरै दर्शक देख्दा म दंगै परेकोे थिएँ ।


'दर्शन नमस्ते' पछि मेरो नयाँ एल्बम 'राई इज किङ' बजारमा आउँदै छ । यसमा लोक र आधुनिक गीत छन् । अहिले म कार्यक्रमका लागि कोरिया, हङकङ, इजरायल जाने क्रममा छु ।


गायनबाट म पूर्ण सन्तुष्ट छु । गायनमा मेरो सबभन्दा ठूलो प्राप्ति हो- मलाई माया गर्ने मेरा श्रोता । तर, यसको मतलब मेरो सांगीतिक यात्रा एकदमै सुखद र संघर्षविहीन थियो भन्ने होइन । यहाँसम्म आइपुग्न मैले धेरै आरोह/अवरोह पार गरेको छु । धेरै दुःख पाएको छु । कति त पत्यार नै नलाग्ने दुःख पनि सहेर आएको छु । तर, मैले बेहोरेका दुःखलाई यहाँ डिटेलमा बयान गर्न म जरुरी ठान्दिनँ किनभने मलाई लाग्छ- हरेक गायकले संघर्ष र दुःखको एउटा निश्चित चरणबाट गुज्रनुपर्छ ।

मैले एकैदिनमा नौवटासम्म गीत रेकर्ड गरेको छु । नेपालको संगीत क्षेत्रमा यो नयाँ रेकर्ड हो ।

मैले तीनवटा फिल्ममा अभिनय पनि गरेको छु । अभिनय र गायन भिन्न-भिन्न क्षेत्र हुन् । यिनलाई एक-अर्कासँग तुलना गर्न सकिँदैन ।

निशा सुनार

मेरो सांगीतिक करिअर दोहोरीबाट सुरु भएको हो । मलाई दोहोरीले नै स्थापित गरायो । मैले पाँचवटा एल्बम निकालिसकेँ । तीमध्ये तीनवटा दोहोरी गीतकै एल्बम थिए, जसले मलाई 'निशा सुनार' भनेर चिनायो । दोहोरीबाहेक लोकआधुनिक, आधुनिक र पपगीत पनि गाउँछु । भर्खरै आधुनिक गीतको मेरो सोलो एल्बम 'सोलो' बजारमा आएको छ । आधुनिक गीत पनि उत्तिकै राम्रो भयो भनेर मलाई श्रोताले प्रतिक्रिया दिएका छन् । देश-विदेशका दर्जनौँ कन्सर्टमा गीत गाएँ । कुनै ठाउँमा आधुनिक मन पराउँछन्, कुनै ठाउँमा पप र कतै दोहोरी । यसर्थ, सबैप्रकारका गीतमा दख्खल राख्नु राम्रो हो ।



गायक राजेशपायल राई मलाई असाध्यै मन पर्ने गायक हुन् । उनको आवाज एकदम शक्तिशाली छ । प्रस्तुति पनि उत्तिकै राम्रो हुन्छ ।
उनको स्टेज परर्फमेन्सबाट म असाध्यै प्रभावित छु । उनको स्वरले मान्छेलाई सजिलै तान्छ । उनको आत्मविश्वास पनि बलियो छ । व्यक्तिगत रूपमा पनि राजेश दाइ उत्तिकै सरल र मिलनसार छन् । आफूभन्दा जुनियरलाई पनि उत्तिकै सम्मान र माया गर्छन् । तर, एउटा कुरामा चाहिँ राजेश दाइ पछि पर्नुभयो । उनले समयमै घरजम गरेका भए राम्रो हुन्थ्यो । संगीत बुझेको र संगीतमा लागेकालाई माया र सम्मान गर्ने केटी बिहे गर्न उनलाई सुझाब दिन्छु । संगीत र संगीतकर्मीलाई नबुझ्ने बिहे गरियो भने एकदम गाह्रो हुन्छ । स्वयं मेरो जीवन त्यसको उदाहरण हो । मेरो श्रीमान्ले मलाई बुझ्न नसक्दा मैले उनीसँग डिभोर्स गर्नुपर्‍यो ।

शब्द/तस्बिरः श्रीधर पौडेल
mevaisp@gmail.com

0 comments: