मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 24, 2010

'माओवादीलाई कुनै पनि हालतमा सरकारको नेतृत्व गर्न दिइदैन'

मकर श्रेष्ठ, भक्तपुर, श्रावण ८ - एमाले स्थायी समिति सदस्य केपी ओलीले माओवादीलाई कुनै हालतमा सरकारको नेतृत्व गर्न नदिने दाबी गरेका छन् । शनिबार एमाले जिल्ला कमिटि भक्तपुरद्वारा पुष्पलाल श्रेष्ठको ३२ औं स्मृति दिवसमा आयोजित विचार गोष्ठीमा माओवादीलाई 'आतंकारी'को संज्ञा दिंदै नेता ओलीले भने,' माओवादी अझै पनि आतंकारी छ उसका क्रियाकलापले प्रमाणित गर्दै छ कसरी दिइन्छ सरकारको नेतृत्व ?'

हतियार र लडाकु राखेरर सत्ता कब्जा गर्ने उद्देश्य राखेको माओवादीलाई एमालेले सर्मथन नगर्ने नेता ओलीले बताए । अन्य दलका सभासदहरुलाई पनि माओवादीलाई भोट नदिन आग्रह गरिने उनले जानकारी दिए । 'माओवादी जवसम्म नागरिक पार्टी बन्दैन, तवसम्म सबैसँग दाहाललाई सर्मथन नगर्न आग्रह गर्छौ' उनले भने ।

माओवादीले प्रधानमन्त्री निर्वाचनमा पैसा खर्च गर्न सक्ने सम्भावना रहेको तर उसले प्रधानमन्त्री पद प्राप्त गर्न नसक्ने ओलीले दाबी गरे । यस अघि नै राष्ट्रिय सरकार निर्माण भइसक्ने उल्लेख गर्दै नेता ओलीले त्यसको बाधक माओवादी नै रहेको बताए ।

प्रधानमन्त्री छनौटमा एमाले नेतृत्वले पनि भ्रम पालेको उनले आरोप लगाए । 'एमालेलाई पनि माओवादीले सर्मथन गरेको भ्रम छ, त्यो होइन, माओवादीले ४०१ पुगेपछि मात्र सर्मथन गर्ने सहमती जनाएको हो' उनले भने, 'हाम्रा अध्यक्ष झलनाथ खनाललाई पनि गजवले अलमल्याएको छ, बास्तवमा माओवादीको त्यो नियत ठिक थिएन ।' (ekantipur)

0 comments: