३ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुन नसके एमाले अध्यक्ष झलनाथ खनाललाई भावी प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले भोलि सम्म आफ्नो नेतृत्वको प्रयास गर्ने र सहमति नजुटे खनाललाई समर्थन गर्ने निर्णय गरेको हो ।
आफ्नै नेतृत्वमा सरकार गठनको दावी गर्दै आएको माओवादीले एक्कासी खनाललाई समर्थन गर्ने जनाएपनि सरकारमा सहभागि हुने/नहुनेबारे भने स्पष्ट पारेको छैन ।
एमालेभित्र प्रधानमन्त्रीबारे विवाद चलिरहेका बेला माओवादीले खनाललाई समर्थन गर्नुले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको जानकारहरु बताउाछन् ।
यसैवीच माओवादीका उपाध्यक्षद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि समर्थन माग्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे निवास पुगेका छन् ।
विजुक्छे निवासमा छलफल अहिले पनि जारी रहेको हाम्रा सहकर्मी भरतबन्धु थापाले जनाएका छन् । (onlinekhabar)
Monday, July 19, 2010
आफूले नेतृत्व नपाए माओवादीले खनाललाई समर्थन गर्ने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment