मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

सरकारलाई हतकडी उपहार

रुकुम, साउन १ (नागरिक) - आफ्ना पार्टीका नेताको हत्या भएको लामो समय वितिसक्दा पनि दोषीमाथि कार्वाही नगरिएको भन्दै एमालले शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हतकडी वुझाइएको छ।

ओखलढुंगाका एमाले नेता छविलाल कार्कीको हत्यामा संलग्न ब्यक्तिमाथि कावाहीको माग गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीलाई एक थान हतकडी वुझाइएको हो। एमालेका भातृसंगठनहरु अनेरास्ववियु, युवासंघ नेपाल, महिला संघ, किसान संघ, जातिय मुक्ति समाज लगायतले हतकडि बुझाएका हुन्।

दुई साता अघि भएको हत्यामा वाइसिएलको हात रहेको एमालेले दावी गर्दै आएको छ। परिवारले हत्यारा विरुद्ध प्रहरीमा किटानी जाहेरी निवेदन दिएपनि स्थानीय प्रहरी प्रशासनले पक्राउ गरि कार्वाही गर्नमा उदासिन देखाएको भन्दै उनीहरुले हतकडी वुझाएका हुन।

0 comments: