ढाका, असार ३२ - वंगलादेश र नेपालबीच तीन दशकदेखि हुने भनिएको पारवहन सन्धी भएको छ। भुपरिवेष्ठित मुलुकका आधारमा नेपालले अब वंगलादेशको मंगला वन्दरगाह प्रयोग गर्न पाउनेछ। नेपाली ट्रक मंगला वन्दरगाहसम्म विना कुनै अवरोध पुग्न सक्ने भएको छ।
सम्झौता अनुसार नेपाली ढुवानीका ट्रकहरु विना कुनै शुल्क वंगलादेशको उक्त वन्दरगाह जान पाउने छ। तर, वन्दरगाह प्रयोग भएवापतको शुल्क र त्यहाँको मजदुरको खर्च भने वेहोर्नुपर्नेछ।
सम्झौता दुबै देशको सरकार र संसदबाट पारित हुनुपर्छ। डेलीस्टारका अनुसार हिजो दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीबीच सम्झौता भएको हो। सचिवस्तरीय द्विपक्षीय व्यापार वार्तामा भएको सम्झौताले नेपालको आयात-निर्यात व्यापारमा थप सहयोग पुग्ने बताइएको छ। - एजेन्सी
Friday, July 16, 2010
नेपालका ट्रक निशुल्क वंगलादेशको मंगला वन्दरगाहसम्म जान पाउने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment