काठमाडौं, साउन १३ (नागरिक)- राष्ट्रिय महिला आयोगले बोरामा राखेर सडकमा फालिएकी वृद्ध घटनाको विषयमा बुझ्दा प्रहरीको अनुसन्धान फितलो देखिएकोले तदारुकतासाथ अनुसन्धानमा लाग्न महिला आयोगले प्रहरीलाई आग्रह गरेको छ।
‘प्रहरीले बृद्धको अनुसन्धानको बारेमा खासै चासो नदेखाएको विषयमा गम्भीर भएर काम गर्न अनुरोध गर्यौं,' महिला आयोगकी सदस्य मन्जुकुमारी यादबले भनिन्, ‘अस्पतालबाट डिस्चार्ज नगर्न भन्दा भन्दै पनि सौतेनी कान्छी छोरी बीज श्रेष्ठले घर लगेको विषयमा उहाँहरुले खासै चासो नदेखाएको देखियो।'
अनुगमन गर्दा बृद्धको उद्दार गरिहाल्नु भन्दा पनि पहिला प्रहरीकै सक्रिय अनुसन्धान आवश्यक देखिएकोले कुनै पुर्नस्थापना केन्द्र लगिहाल्न उचित नदेखिएको यादबले बताइन्।
बोरामा फालिएकी वृद्ध सत्यलक्ष्मी श्रेष्ठको उद्वारको विषयमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले चासो देखाएका छन्। बुधबार महिला आयोग र महिला कानुन तथा विकास मञ्चले घटनाको विषयमा अनुगमन गर्न श्रेष्ठ राखिएको बाँसबारीस्थित टहरामा पुगेका थिए।
टहरामा यथास्थितिमै राखिएकी श्रेष्ठले घटनाको विषयमा केही बताउन सकिनन्। उनकी सौता र सौतनी छोरीले भने आफूहरुले गर्दै नगरेको घटनामा कसैले फसाइरहेको जानकारी दिए। सौता रुकमिणी श्रेष्ठले छिमेकीले दुख दिन यस्तो गरेको महिला आयोगसँग गुनासो गरिन्। सत्यलक्ष्मीका श्रीमान् वीर नारायण श्रेष्ठ भने महिला आयोग र आफ्ना परिवारका बीच भएको विषयमा भक्कानियर रुँदै थिए। रोएको विषयमा परिवारलाई देखाउँदै उनले नागरिकसँग भने, ‘उनीहरुको यस्तो अवस्था देखेर रोएको।'
सत्यलक्ष्मीलाई जनसेवाका प्रहरी र मर्निङवाकमा हिँडेका मानिसले उद्दार गरेकै दिन आइतबार दिलशोभा श्रेष्ठको ‘बृद्धा अवस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी' ले पुर्नस्थापना केन्द्र लान खोजेका थिए।
‘बृद्धको खुट्टा पुरै प्लास्टर गरेकोले अझै १२ दिन अस्पतालमै राख्नुपर्छ डाक्टरले भनेकोले हामीले ल्याएनौं,' गुठीमा आवद्ध बिपना कुँवरले भनिन्, ‘सोमबार अस्पताल बृद्धको अवस्था बुझ्न पुग्दा उनलाई त घर लगिसकेछन्।' छिमेकीको सहयोगमा उनको उद्दार मिलेसम्म गर्ने कुँवरले बताइन्।
महानगरिय प्रहरी प्रभाग हनुमानढोकाका डिएसपी लालमणि आचार्यसँग घटनाको विषयमा गम्भीर रुपले काम गर्न महिला आयोगले छलफल कार्यक्रम बुधबार राखेको छ। घटनाको विषयमा हालसम्म गरिएको अनुसन्धान खासै उपलब्धीपूर्ण नदेखिएकोले अब यस विषयमा आफैँ केहीदिनमा लाग्ने डिएसपी आचार्यले बताए। ‘मैले परिवारलाई बृद्धको मानसिक अवस्था ठिक नभएको बयानमा आएकोले अस्पतालको रिपोर्ट पन्ध्र दिन भित्र पेश गर्न भनिसकेको छु,' डिएसपी आचार्यले भने, ‘आयोगले सुझाएको विषयमा म गम्भीर भएर लाग्छु।'
‘कुन शिर्षकको विषयमा राखेर थुनामा राख्ने आधार नभएकोले हामीले छोडेका हौं,' घटनाको दोषी पहिचान नभई के आधारमा सौता र सौतेनी छोरीलाई प्रहरीले छोडेको भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले भने,'सौताको उमेर पनि ६८ भएको र दुईदिनसम्म उनीहरुको ‘फेसियल एक्सप्रेशनबाट पनि दोषी देखिएन।'
Thursday, July 29, 2010
सडकमा फालिएकी करोडपति वृद्धबारे राष्ट्रिय महिला आयोगलाई चासो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment