१ साउन, वीरगन्ज । पर्साको सेढवा गाबिस-६ मा दुई पक्षबीच झडप हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाईते भएका छन् ।
६ महिना पहिले बालबालिकाबीच भएको झगडाको विषयमा हिँजो बेलुकी स्थानीय नबल साह सोनार र बृज बिहारी कोईरीबीचको झडपमा सोनारका तीन वर्षीय नाती अशोक साह सोनार र ३५ बर्षीया श्रीमती मीना देवीको मृत्यु भएको हो । अशोकको घटनास्थलमै र मीनादेवीको उपचारको लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
झडपमा नवल साह सोनार, उहाँका छोरा राम अकेला साह र बुहारी अन्चला देवी घाईते भएका छन् । घाईते सबैलाई सदरमुकाम वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचार गरी थप उपचारका लागि शनिबार विहान काठमाडौं पठाइएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले बृज बिहारी कोईरी, उहाँकी श्रीमती, लालविहारी कोइरी, लाल बिहारीकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएको छ । झडपका क्रममा कोइरी पक्षले दुई राउण्ड हवाइ फायर गर्नुका साथै खुकुरीसमेत प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै आक्रोशित स्थानीवासीन्दाले कोईरीको घरमा तोडफोड गर्दै आगो लगाउने प्रयास गरेका थिए । (onlinekhabar)
Saturday, July 17, 2010
झडपमा दुई जनाको मृत्यु, घाइतेलाई काठमाडौं पठाइयो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment