मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 28, 2010

फेसबुकले ५० करोड पार गर्‍यो

सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् ।स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।

माइल्सका अनुसार फेसबुकले ५० देखि ७५ करोडसम्म पुग्न धेरै समय लाग्ने छैन । जानकारहरुका अनुसार फेसबुकले एक दिन १०० करोडको संख्या पनि पार गर्नेछ।
जसरी फेसबुकको लोकप्रीयता बढ्दोछ यसका प्रतिद्वन्दी लुप्त हुँदै गएका छन् । एक समय सामाजिक सञ्जालको संसारमा छाएको वेभसाइट माइस्पेस अब मात्र ६ करोड ५० लाख सदस्यमा सीमित बनेको छ।
एउटा अर्को प्रतिद्वन्दी बेबोले पनि निकै कठिनाईको सामना गर्नु परेको छ। फेसबुकको अलावा ट्वीटर नै दोस्रो सामाजिक सञ्जाल वेभसाइट हो जुन लगातार अघि बढिरहेको छ।

0 comments: