मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 24, 2010

तपस्वी बम्जनले गाँउले कुटे !

बाराको रतनपुरी जङगलमा निराहार तपस्यामा बसेको भनेर चर्चामा आएका तपस्वी रामबहादुर बम्जनले जङगलमा दउरा लिन गएका सर्वसाधरणलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

बिहीबार दाउरा लिन गएका मनहर्वाका राममोहन माझी, प्रभात चौधरी, देवनारायण चौधरी, परदेश चौधरी लगायतका १७ जनालाई तपस्वी बम्जन र उनका अनुयायीहरुले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

बम्जनसहित उनका अनुयायीहरुको नियन्त्रणमा रहेका दाउरा लिन गएका सर्वसाधरणलाई एक दिन नियन्त्रणमा लिएर शुक्रबार छाडेको पीडितहरुले बताएका छन् ।

बम्जन बस्दै आएको काँडेतार क्षेत्र भित्र पसेर धुम्रपान गरेको भन्दै बम्जन र उनका अनुयायीहरुले गाँउलेहरुलाइ नियन्त्रणमा लिएर कुटपिट गरेको बताइएको छ ।

पिडित गाँउलेहरुले बम्जन विरुद्ध प्रहरी चौकी जैतापुरमा जोहरी समेत दिएका छन् । (namasteeurope)

0 comments: