मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 26, 2010

माओवादी नेताले भने, '८० प्रतिशत सशस्त्र समूह आपराधिक'

विराटनगर, श्रावण १० - राजनीतिक दलका नेता तथा बौद्धिक ब्यक्तीत्वहरुले मधेसमा हुर्कंदै गएका आपराधिक समूहलाई राजनैतिक कलेबर दिएर उत्साहित बनाउन नहुने बताएका छन् ।

लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था नेपाल र नयाँ नेपाल रिसर्च सेन्टरद्वारा आयोजित "मधेसवादी दलहरु तथा तराईका विभिन्न समूहरुसँग भएका सम्झौताहरुको अवस्था तथा कार्यान्वयनका उपायहरु" विषयक राष्ट्रिय संवाद कार्याक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

छुट्टै स्वयत्त प्रदेशको माग जायज भएपनि मधेस मुक्तिको नाममा आपराधिक समूह पनि सक्रिय रहेकाले मधेसका गरिब जनताले दुःख पाएको उल्लेख गर्दै राजनैतिक दल कुन र अपराधिक समूह कुन भन्ने छुट्ट्याउन मुस्किल रहेको वक्ताले बताए ।

मधेसी जनअधिकार फोरमका सहध्यक्ष जयप्रकाश गुप्ताले मधेसका राजनैतिक दल शसस्त्र समूह र एकात्मक राज्यको चेपुवामा परेको बताए । सत्याग्रही अनैतिक भयो भने सत्याग्रह भंग हुन्छ तर सत्याग्रही जिवित रहन्छ तर शसस्त्र हतियार धारी अनैतिक भयो भने त्यसले वितण्डा मच्चाउने बताउदै गुप्ताले भने 'हिंसाको वकालत गर्नेहरुबाट न्याय सम्भव छैन ।'

माओवादीका केन्द्रीय सदस्य रामरिझन यादवले तराईमा एक वर्षमा १ सय ९ बटा समूहको जन्म भएकोमा ८० प्रतिशत आपराधिक समूह रहेको बताए । उनले भने 'सबै समूह मधेसको मुक्तिको लागि भूमिगत भएका भए किन अहिले सम्म मधेसले केही पाउन सकेन त्यसैले यी समूहहरु कुनै न कुनै रुपमा कसैबाट परिचालित छन् ।'

राजनैतिक विश्लेषक सीके लालले तराईमा बढ्दै गएको आपराधिक क्रियाकलाप सत्यापन, सामान्यजस्यताको अभाव, राज्य विहिनताको अवस्था, राजनैतिक शून्यता, कुटनीतिक असफलता र भ्रष्टचारको कारण बढ्दै गएको बताए । ६० वर्ष अघि नेपाल र भारत विच भएको सन्धिमा दुवै देशले एक अर्काको सीमालाई स्वीकार गरेको उल्लेख गर्दै सीके लालले गोइतजीले त्यसलाई मान्दिन भन्नु भारतको एकता समेत असर पर्ने बताए । (कान्तिपुर)

0 comments: