मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

माओवादी सभासदको कोठामा प्रहरीको छापा

काठमाडौं, साउन १ (नागरिक) - चिनियाँ व्यापारी लुटेको तथा यार्सागुम्बाको अवैध कारोबार गरेको अभियोग लागेका एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य बालिवहादुर खामको खोजिमा खटिएको प्रहरीले माओवादी सभासदको कोठामा छापा मारेको छ।

विशेष सुराकीको आधारमा खाम ललितपुर क्षेत्रमा लुकेको जानकारी आएपछि प्रहरीले माओवादी सभासद प्रेमवहादुर पुलामीको साद्दोबाटो स्थित कोठामा शुक्रबार राती छापा मारेको हो। पुलामीको कोठामा प्रहरी पुग्दा खाम भेटिएनन्।

सातदोबाटो क्षेत्रमा माओवादी नेता देव गुरुङ, लेखराज भट्ट, टेकराज भट्ट लगायतका माओवादी नेताहरु बस्दै आएका छन्।

0 comments: