१० साउन, पर्सा । राहत शिक्षकहरुको आन्दोलनको कारण जिल्ला शिक्षा कार्यालय पर्साको नियमित कामकाज ३५ दिनदेखि ठप्प रहेको छ । एक महिनाभन्दा बढी समयदेखि शिक्षा कार्यालयको कामकाज ठप्प हुँदा जिल्लाका विभिन्न विद्यालय प्रत्यक्ष मारमा परेका छन् ।
राहत वितरणमा अनियमितता भएको भन्दै राहत शिक्षकले जिल्ला शिक्षा कार्यालय अगाडि नै कामकाजसमेत प्रभावित हुने गरी धर्ना दिएपछि शिक्षा कार्यालयको नियमित काम ठप्प भएको हो ।
राहत वितरणमा अनियमितता भएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको राहत शिक्षक सङ्घर्ष समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो ।
उहाँले मागको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । तर, जिल्ला शिक्षा अधिकारी केदार तिवारीले भने राहत शिक्षकको समस्या समाधान भइसकेकाले आन्दोलनको अर्थ नरहेको दावी गर्नुभयो । (onlinekhabar)
Monday, July 26, 2010
३५ दिनदेखि जिल्ला शिक्षा कार्यालय ठप्प
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment