दाङ (देउखुरी), साउन १० - संविधानसभाका उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले दलहरु दलगत स्वार्थभन्दा माथि उठेर समयमै संविधान निर्माण गर्नुपर्ने बताएकी छिन्।
नेपाल पत्रकार महासङ्घ, दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दलहरुले विगतका दिनको समीक्षा गरेर अघि बढेमा मात्र समयमै संविधान जारी गर्न सहज हुने धारणा राखिन।
संविधानसभा र सरकारबीच सहकार्य हुन नसक्दा समयमा संविधान बन्न नसकेकोतर्फ सङ्केत गर्दै उपाध्यक्ष सुवेदीले सबै दलले आगामी १७ गतेको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिई देशलाई निकास दिन सहयोग गर्नेमा विश्वास व्यक्त गरिन।
अशान्ति, अराजकता र असुरक्षा अन्त्यका लागि राजनीतिक दलहरुले अपराधीलाई संरक्षण गर्न नहुने भन्दै उनले तुलसीपुरमा हत्या गरिएका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्यारा अहिलेसम्म पनि पत्ता नलाग्नु दुःखद् भएको बताए। -रासस
Monday, July 26, 2010
दलहरुले अपराधी संरक्षण गर्न भएन: उपाध्यक्ष सुवेदी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment