मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 20, 2010

खुकुरी प्रहारबाट बावु-छोरा गम्भिर

लमजुङ, श्रावण ४ - चिति गाउँ विकास समिति वडा न ७ रामचोकवेसीमा युवाहरुको आक्रमणबाट बावु-छोरा गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा ६५ वर्षीय बावु डम्मरध्वज सोढाई र उनका छोरा ३७ वर्षीय हरिबहादुर सोढाइ रहेका छन् । आक्रमणको क्रममा युवाहरुको खुकुरी प्रहारबाट छोरा हरिबहादुरको टाउको, घाँटी, हात र ढाँडमा गम्भिर चोट लागेको छ भने बावु डम्मरध्वजको पाखुरा र हातका अाैलाहरुमा चोट लागेको छ ।

घाइते दुवै जनाको सदरमुकामस्थित जिल्ला सामुदयिक अस्पतालमा उपचार भैरहेको छ । सोमबार दिउँसो भएको सामान्य विवादपछि नौथर २ का मिनराम गुरुङ सहितका युवाहरुको एक समूहले राति करिब १० बजेतिर घरमै आएर खुकुरी प्रहार गरेका थिए । घटनामा संलग्न मिनरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य युवाहरु फरार रहेका छन् । उनीहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ । (कान्तिपुर)

0 comments: