८ साउन, काठमाण्डौ । राजधानीको महाबौद्धस्थित मचनगल्लीमा रहेको तृष्णा नेवारी खाजा घरका सञ्चालकको शनिबार हत्या भएको छ ।अपरान्ह पौने तीन बजेको समयमा आएको अज्ञात दुई जना व्यक्तिले बियरको बोतल र सीसाको ग्लासले टाउकोमा प्रहार गरी रेष्टुरेन्ट सञ्चालक भक्तपुर घर भएका ४० वषिर्य कृष्ण श्रेष्ठको हत्या गरेको काठमाण्डौ प्रहरी प्रभागले जनाएको छ ।
श्रेष्ठकी श्रीमति सीता श्रेष्ठलाई नियन्त्रणमा लिई आँखामा पट्टी र हातखुट्टा बाँधेर उनीहरुले कृष्णमाथि वियरको बोतल र सीसाको ग्लास प्रहार गरेका थिए । श्रेष्ठको हत्या पश्चात हत्याराहरु फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
प्रहरीले श्रेष्ठको शवलाई टाउको र अनुहार क्षतविक्षत भएको अवस्थामा पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगेको छ ।
प्रहरीका अनुसार श्रेष्ठको हत्या व्यक्तिगत रिसीवीका कारण भएको हुन सक्ने आशँका गरेको छ भने घटनाबारे अनुसन्धान भईरहेको छ । (onlinekhabar)
Saturday, July 24, 2010
रेष्टुरेन्ट सञ्चालक श्रेष्ठको हत्या
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment