मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 28, 2010

मुस्ताङ्गमा पहिलो पत्रिका

कान्तिपुर संवाददाता, पर्वत, श्रावण १२ - हिमालपारीको जिल्ला मुस्ताङ्गमा पहिलो पटक 'हिमालपारिको आवाज' नामक साप्ताहिक पत्रिका प्रकासन गरिएको छ । पत्रिकाको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन बिष्टले सोमवार बिमोचन गरेका हुन् ।

भिमबहादुर रसाईलीको सम्पादनमा प्रकाशित उक्त पत्रिका मुस्ताङ्गमा पहिलो पटक स्थापना भएको मुस्ताङ्ग अफसेट प्रेसमा मुद्रर्ण गरिएको हो । सम्पादक रसाइलीले मुस्ताङ्गमा अफसेट प्रेस, समाचारमुलक पत्रिका र कम्प्युटर इन्सिन्टीच्युट भित्र्याएका हुन ।

उनले संधै राष्ट्रिय समाचारको प्रमुख स्रोत बन्ने मुस्ताङ्गमा पत्रिका नै नहँुदा स्थानिय तहमा रहेको सुचना प्रबाहको समस्या अन्त्य गर्न पत्रिका प्रकाशन शुरु गरेको बताए । रसाईलीले सुचनाबाट बञ्चित मुस्ताङ्गवासीलाई पत्रिकको माध्यमबाट सुसुचित गर्ने जनाए । (ekantipur)

0 comments: