मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 24, 2010

सर्त पूरा गर्नेलाई नेमकिपाको समर्थन

भक्तपुर, साउन ८ - नेपाल मजदूर किसान पार्टीले आफ्ना १५ सर्त पूरा गर्ने प्रतिबद्धता जनाउने पक्षलाई सरकार गठनका लागि हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउने भएको छ। यसअघि १८ बुँदे सर्त राख्दै आएको नेमकिपाले मुलुकमा देखापरेका नयाँ समस्याका आधारमा देश र जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने १५ बुँदे सर्त अघि सारेको छ।

कृषकलाई सर्वसुलभरुपमा मल उपलब्ध गराउनुपर्ने, रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने, वन विनास रोकी तस्करलाई कारबाही गर्नुपर्नेलगायत १५ बुँदे माग कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउने प्रधानमन्त्रीको उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको पार्टीले गरेको हो।

कुनै पनि उम्मेदवारबाट माग पूरा गर्ने प्रतिबद्धता नआए तटस्थ बस्ने निर्णय गरेको पार्टी सचिव प्रेम सुवालले जानकारी दिए। रासस

0 comments: